२०८२ असार २० गते, शुक्रबार १२:५५

ड्राईपोर्टमा प्रिष्टिन भ्यालीद्वारा आफ्नै मालवाहक ट्रेनबाट ढुवानी

चन्द्रसूर्य प्रतिनिधि/
वीरगंज, १४ मंसिर ।
वीरगंज स्थित सुख्खा बन्दरगाहमा प्रिष्टिन भ्यालीले आफ्नै निजी कम्पनिको मालवाहक ट्रेनबाट समेत ढुवानी सेवा सुरुवात गरेको छ ।

फ़ोटो: सन्तोष मिश्र

२८ नोभेम्बर अर्थात १२ मंसिरमा कोलकता स्थित सुख्खा बन्दरगाहबाट हिंडेको ९० कन्टेनर बोकेको मालवाहक गाड़ी मंगलवार विहान ११ बजे तिर वीरगंज आईपुगेको हो ।

वीरगंज आईपुगेको सो मलबाहक ट्रेनलाई प्रिष्टिन भ्याली प्रालि वीरगंजका प्रमुख अतुल शर्माले विधिवत पूजा गरि वीरगंजमा स्वागत गर्नु भएको थियो ।

सो अवसरमा सुख्खा भन्सार बन्दरगाह कार्यालयका प्रमुख  डा. लालबहादुर खत्री, भन्सार अधिकृत बलराम भण्डारी. इन्टरमोडेल यातायात विकास समिति वीरगंजका प्रमुख कमल ज्ञवाली,  प्रिष्टिन मेगा लजिस्टिक पार्क प्रालिको तर्फबाट नविल अख्तर, जॉन कुपर, प्रिष्टिन भ्यालीका अतुल शर्मा, विकास शर्मा, मुमताज देवान, विक्रम सिंह, सुभाशीष अधिकारी, अब्दुल्लाह हक, आस्का सिन्हा, मेरिना श्रेष्ठ, अम्बिका अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM