२०८३ असार १३ गते, शनिबार २०:४४

शिक्षकहरूले गरे चरणबद्ध आन्दोलनको घोषणा

फाइल तस्वीर


१७ माघ, काठमाडौं। नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

माघ १६ र १७ गते बसेको महासंघले आन्दोलनको घोषणा गरेको हो । माघ २० गते सबै शिक्षककर्मचारीले फेसबुक वालमा हिउँदे अधिवेसनवाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भनेर अभियान चलाउने महासंघले निर्णय गरेको छ ।

पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने र विद्यालयमा विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिसँग छलफल गर्ने निर्णय महासंघले गरेको छ ।

माघ ३० मा पालिका कार्यालयमा कालो पट्टी बाधेर खबरदारी जुलुस प्रदर्शन गर्ने लगायतका आन्दोलनको घोषणा महासंघले गरेको छ ।

अध्यादेशमार्फत सरकारले शिक्षकलाई पनि सेवामा आधारित पेन्सनमा समावेश गरेपछि शिक्षकहरू आन्दोलित भएका हुन् ।

हेर्नुहोस् विज्ञप्ति :

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM