तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले व्यक्ति स्वस्थ भएमात्रै देश विकास सम्भव रहेको बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगाैँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको आज आयोजित ५५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले देशका नागरिक स्वस्थ भएमात्रै देशले प्रगति गर्न सक्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “एकदमै धनी मानिस बिरामी छ,भने उसले सुखी जीवन …