Saturday, March 1, 2025
घरसमाचारप्रदेश सरकार नागरिकको भरोसाको केन्द्र बनिरहेको छ : मुख्यमन्त्री आचार्य

प्रदेश सरकार नागरिकको भरोसाको केन्द्र बनिरहेको छ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरूको बारेमा दुई दलीय प्रदेश संयन्त्रको बैठकमा जानकारी गराउनुभएको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय जिल्ला संयन्त्रको प्रदेश स्तरीय संयुक्त बैठकलाई कपिलवस्तुमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले गरेका कामबाट देखिएका उपलब्धिलाई नजरअन्दाज गरेर धारणा बनाउन नहुने बताउनुभयो ।

“प्रदेश सरकार बन्नु अघि र बनिसकेपछि विकासको अवस्था के थियो ? एक पटक फर्केर हेरौँ। अहिले गाउँगाउँमा भइरहेको विकासको काम प्रदेश सरकारले नै गरेको हो”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “प्रदेश सरकार नागरिकको भरोसाको केन्द्र बनिरहेको छ । विकास र समृद्धिको सारथी प्रदेश नै हो ।” 

योजना निर्माणदेखि कार्यान्वयन गर्ने प्रवृत्तिलाई लयमा ल्याउने गरी सरकारले भूमिका बढाएको भनाई उहाँको छ ।

“अघिल्ला सरकारले टुक्रे योजना धेरै बनाए । बजेटको आकार पनि बढायो । उतिबेलाको गल्तीले अहिले समस्या परेको छ”, उहाँले भन्नुभयो, “आगामी बजेट ३३ देखि ३४ अर्बको हाराहारीमा ल्याउँदा प्रदेशले लय समात्छ ।”

यस्तै, मुख्यमन्त्री आचार्यले चालु आर्थिक वर्षमा सरकारले पुरक बजेट नल्याउने स्पष्ट पार्नुभयो । चा

उहाँले बैठकमा आएका सुझावहरूलाई सरकारले आत्मसाथ गर्दै सरकारको कामलाई गति प्रदान गर्ने गरी भूमिका बढाइरहेको बताउनुभयो ।

“चालु आर्थिक वर्षको बजेट साझा दस्ताबेज हो । यस बर्ष सरकारले पुरक बजेट ल्याउँदैन । बजेट कार्यान्वयनलाई गति बढाएका छौँ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “योजना छनोटमा देखिएका बेथिति रोक्न पाँच लाखभन्दा माथिका योजना प्रतिस्पर्धाबाट कार्यान्वयन गर्न निर्मम निर्णय लिनुपरेको हो ।” उहाँले टुक्रे योजना बनाउने र उपभोक्ता समितिको नाममा कार्यान्वयन गर्दै व्यक्तिगत लाभ लिने प्रवृत्ति देखिएपछि यसखाले निर्णय लिनुपरेको बताउनुभयो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेशका ईञ्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका जिल्ला अध्यक्षहरूले जिल्लागत रिपोर्टिङ गर्नुभएको थियो । 

बैठकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, प्रदेश सरकारका अन्य मन्त्री, प्रतिनिधिसभा सदस्यहरु लगायतको सहभागिता थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -