२०८३ असार १६ गते, मंगलवार १८:१५

कोहलपुर नगरपालिकाद्वारा राष्ट्रिय क्रिकेट टिमका कप्तान पौडेल सम्मानित




बाँके । कोहलपुर नगरपालिका–११ मा प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानले राष्ट्रिय खेलकुदको इतिहासमा नयाँ अध्याय थप्न लागेको छ। यही मैदानमा हालै राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई विशेष सम्मान गरिएको छ।

नगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा उपमेयर सङ्गीता सुवेदी पौडेलले रोहितलाई ‘राष्ट्रको गहना’ भन्दै गर्वका साथ सम्मान गर्नुभयो ।

कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वरी प्रसाद विकले स्थानीय खेलकुदको विकासमा नगरपालिकाले खेलाडी उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरेको बताउनुभयो। “पौडेलजस्तो राष्ट्रिय स्तरका खेलाडीको आगमनले यहाँको खेलकुद संस्कृतिलाई नयाँ आयाम दिएको छ,” विकले भन्नुभयो।

कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा खेलाडी छनोट संयोजक एलबि क्षेत्रीले पनि रोहितको योगदानको प्रशंसा गर्नुभयो।

सम्मानित हुँदै कप्तान पौडेलले मेहनत र अनुशासनकै कारण आफू यो स्थानमा पुगेको उल्लेख गर्दै कोहलपुरमा क्रिकेट प्रेमीको उत्साह देख्दा अत्यन्त खुसी लागेको बताउनुभयो।

कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण तीव्र गतिमा भइरहेको छ। नगरपालिकाले यो परियोजनालाई भौतिक र आर्थिक दुवै दृष्टिले प्राथमिकता दिइरहेको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM