Monday, January 20, 2025
घरक्राइम चेक"कसलाई फोन गर्छस् गर"भन्दै प्रहरीको बुटबाट निर्घात कुटिएका व्यक्ति को हुन्?

“कसलाई फोन गर्छस् गर”भन्दै प्रहरीको बुटबाट निर्घात कुटिएका व्यक्ति को हुन्?

चितवन । चितवनको भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि लात्ता तथा जुत्ता (बुट) प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । रातको समयमा प्रहरीले एक सर्वसाधारणमाथि आक्रोश निकाल्दै गरिरहेको निर्घात कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भरतपुरको बाइपास रोड क्षेत्रमा चेकिङमा खटिएका प्रहरीमध्ये एक जनाले एक व्यक्तिमाथि गरेको निर्मम कुटपिटको भिडियो यतिबेला सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती छरिएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक त्यो भिडियो देखेर नेपाल प्रहरीको चर्को आलोचना समेत सुरु भएको छ । सामाजिक सञ्जालहरुमा पोष्ट सेयर, कमेन्ट गर्दै यतिबेला ‘प्रहरी मेरो साथी हैन’, ‘प्रहरीको गुण्डागर्दी’ भन्ने ट्याग सर्वसाधारणहरुले लगाएका छन् ।

प्रहरीले आफ्नो मनपरी गर्न पाउने हो? खै देशमा कानुन ? खै सरकार ? राणाशासन कालमा जस्तै देखिने भयो’, ‘मानिसलाई जनावरजस्तो व्यवहार गर्न पाइन्छ ?’ लगायतका ट्यागसहित प्रहरीमाथि व्यापक रिस पोखेका छन् ।

भाइरल भिडियोमा एक प्रहरीले साँझको समयमा भरतपुरको बाइपास रोड क्षेत्रमा एक व्यक्तिमाथि निर्घातरुपमा कुटपिट गरेको देखिन्छ । मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको पनि देखिन्छ । त्यहाँ सडकपेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटकपटक हानेको देखिन्छ । ‘ कसलाई फोन गर्छस् गर’ भन्ने आवाज समेत भिडियोमा स्पष्ट सुन्न सकिन्छ ।

यसैबिच सामाजिक सञ्जालमा भाइरल उक्त भिडियोबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे सर्वत्र चासो आइरहेकोमा यथार्थ पत्ता लगाउन अनुसन्धान सुरु गरिएको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार घटनाको जानकारी पाउनासाथ सम्बन्धित प्रहरी र स्थानका बारेमा पहिचान गरेर घटनाका विषयमा जानकारी लिने काम हुँदैछ ।’ आफूले पनि सामाजिक सञ्जालमा उक्त भाइरल भिडियो देखेको बताउँदै प्रहरीबाट कुटपिट भइरहेको विषयमा अनुसन्धान आवश्यक रहेको पाएपछि प्रक्रिया अघि बढाइएको बताए ।

भिडियोको यथार्थ पहिचान गरेर सम्बन्धित प्रहरीमाथि प्रहरी ऐन अनुसार कारबाही गर्ने उनको प्रतिबद्धता छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -