वीरगंज/ विश्व हिन्दू परिषद नेपालको वीरगंज महानगर अन्तर्गत वडा नम्बर ३२ कमिटी गठन भएको छ।
परिषदका वीरगंज महानगर अध्यक्ष ज्योति रूंगटाको उपस्थिति एवं महानगर वडा नम्बर ३२, चोर्नीका स्थानीय बासिन्दाको विशेष उपस्थितिमा उक्त समिति गठन भयो।
शनिवार माघ कृष्ण पञ्चमीको दिन विश्व हिन्दु परिषद् नेपाल, वीरगंज महानगरको नगर कमिटी उपाध्यक्ष अमित टिबडेवाल, सचिव दिपेन्द्र सरार्फ, युवा प्रमुख रन्जन सिंहलगायतको उपस्थितिमा बसेको बैठकले मनीष यादवलाई अध्यक्षमा चयन गरेको महानगर अध्यक्ष रूंगटाले बताए।
















