२०८३ असार १९ गते, शुक्रबार १६:१६

‘अपराधका घटना नियन्त्रण गर्न जरुरी’




सप्तरी । मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले खुला सीमामा हुने तस्करी तथा अपराधका घटना नियन्त्रण गर्नका लागि सुरक्षा निकायको ध्यान जान आवश्यक रहेको बताउनुभएको छ । 

नेपाल पत्रकार पत्रकार महासङ्घ सप्तरीको सभा हलमा आइतबार पत्रकार भेटघाटमा मन्त्री लेखीले खुला सीमानाका कारण हुने तस्करी अपराध जन्य घटना न्यूनीकरणका लागि सुरक्षा निकायलाई गम्भीर हुन आग्रह गर्नुभयो। 

पहिलो चरणमा मधेस प्रदेशका पत्रकारहरूको स्वास्थ्य र दुर्घटना बिमा गरिएको बताउँदै उहाँले सहिद परिवारलाई समेत स्वास्थ्य बिमा गर्ने सरकारले निर्णय गरेका जानकारी दिनुभयो । 

उहाँले प्रदेश सरकारले कृषि विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेटी पढाऊ बेटी बचाउ अभियान लगायत शिक्षा स्वास्थ्य क्षेत्रमा थुप्रै उल्लेखनीय कार्य गरेको बताउँदै तीन तहको सरकार भएकै कारण छिटो समयमै विकासले गति लिएको दाबी गर्नुभयो।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

Live

Listen Live FM