चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ०९ श्रावण । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले हिन्दू धर्ममाथि चौतर्फी प्रहार भइरहेकोले यसको रक्षार्थ सम्पूर्ण हिन्दूहरु एकजुट हुनुपर्ने बताउनु भएको छ ।
शंकराचार्य पीठ परिषद नेपालले गुरु पूर्णिमाको अवसरमा वीरगंजमा आयोजना गरेको हवन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै गुप्ताले सो कुरामा जोड दिनु भएको हो ।
शंकराचार्य पीठ परिषद नेपालको आयोजनामा वीरगंजस्थित माइस्थान मन्दिर अगाडीको पार्कमा आयोजना गरिएको हवन तथा सम्मान कार्यक्रमका वक्ताहरुले हिन्दूत्व र सनातनीमाथि चौतर्फी रुपमा प्रहार गर्ने र सभ्यता मास्ने कार्य भइरहेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
विश्वका सम्पूर्ण गुरुहरुको सम्झना, विश्व शान्तिको कामनासाथ आयोजित सो कार्यक्रममा ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुबेले स्थानीय सर्वसाधारण एवं विभिन्न संघ संस्थाबाट आएका निम्तालु आगन्तुकहरुको सहभागितामा हवन गर्नु भयो ।
हवन पश्चात गरिएको सम्मान कार्यक्रमका संयोजक डा. अनिल कुमार झाले कार्यक्रमबारे प्रकाश पार्नु भयो ।
कार्यक्रमको उद्घोषण गर्दै ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुबेले नेपालको राजनीतिक आर्थिक, सामाजिक, भौगोलिक शान्ति एवं स्थायित्वकालागि हिन्दू राष्ट्र पुनर्स्थापना अपरिहार्य रहेको बताउनु भयो । पंडित दुबेले देशमा भइरहेको धर्म परिवर्तन, हिन्दूत्वमाथिको आक्रमण, वैदेशिक हस्तक्षेप, धर्म परिवर्तन अभियान जस्ता कृयाकलाप नियन्त्रण गर्न हिन्दूवादी संघ संगठन सबैको एकता र सहकार्यको विकल्प नरहेको समेत बताउनु भयो ।
हिन्दूत्व संरक्षणको अभियानमा सबै पक्षको सक्रिय साथ, सहकार्य, सहभागिता र योगदानको खाँचो औंल्याउनु हुँदै पंडित दुबेले धर्म कर्म, यज्ञयज्ञादी, गौरक्षा जस्ता समाज र प्राकृतिक रक्षाको अभियानमा समेत सबै पक्षको चौतर्फी सहकार्य र सहभागिता हुनुपर्नेमा जोड दिनु भयो ।
गमलामा पानी हालेर शुभारम्भ गरिएको सो कार्यक्रममा धर्मेन्द्र पटेलले स्वागत मन्तव्य राखेका थिए । सो कार्यक्रमको सहजीकरण सहजिकरण राज नारायण मिश्रले गर्नु भएको थियो ।
सो समारोहमा समाजसेवी एवं वरिष्ठ शिक्षाविद डा. दीपक शाक्य, विशिष्ट अतिथि ब्राम्हण समाज नेपालका केन्द्रिय उपाध्यक्ष देवनाथ उपाध्याय, हिन्दूवादी युवा उमेश साह कानु, महिला नेतृ रम्भा मिश्र, लक्ष्मी नारायण मन्दिर का संचालक दिना गुप्ता, प्रकाश उपाधयाय, नरेन्द्र साह, जेष्ठ नागरिकको तर्फबाट पशुपति बिक्रम शाह, श्रीमति उषा शाह, मिंटू सिंह, पिंकी सिंह, उषा श्रीवास्तव, निहारिका झा, सीमा दुबे, राजकुमार मिश्र, उदय कान्त झा, पत्रकार अनिल तिवारी, नेपल ज्योतिष परिषद अध्यक्ष सुरेन्द्र तिवारी, ब्राम्हण समाज नेपालका अध्यक्ष हरिनारायण मिश्र लगायतको सहभागिता रहेको थियो ।
वीरगंज संस्कृत पाठशालाका प्राचार्य विजय नाथ तिवारीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।