२०८३ असार १९ गते, शुक्रबार १६:१५

बागमती गोल्डकप फुटबल फागुनमा हुने




हेटौँडा । सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । उक्त प्रतियोगिता बागमती गाउँपालिकामा निर्मित सहिद स्मृति रङ्गशालामा सञ्चालन हुनेछ । 

बागमती गाउँपालिका खेलकुद विकास समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म बागमती–४ झुरझुरेस्थित रङ्गशालामा हुने जानकारी दिइयो । यस अघि उक्त प्रतियोगिता  जनता मावि फापर बारीको खेल मैदानमा हुँदै आएको थियो । 

प्रतियोगितामा पहिलो हुने टोलीले रु १० लाख र दोस्रो हुनेले रु पाँच लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिनुभयो । 

प्रतियोगितामा ‘ए’ डिभिजनका सात र मोफसलका तीन टोली सहभागी हुने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई रु १० हजार पुरस्कार प्रदान गरिने छ । 

फुटबल खेलको प्रवर्द्धनका लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सञ्चालन गर्ने योजना बनाएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो । 

यसअघि छैटौँ संस्करणको उपाधि मछेन्द्र युथ क्लब काठमाडौँले जितेको थियो । प्रतियोगिता सञ्चालन गर्न गाउँपालिकाले रु ३० लाख सहयोग गरेको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

Live

Listen Live FM