Wednesday, January 8, 2025
घरक्राइम चेककवाड व्यवसायीका अगुवा नेता साहलाई आर्थिक सहयोग

कवाड व्यवसायीका अगुवा नेता साहलाई आर्थिक सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरीसंगको कुटपिट पछि घाईते भएका कवाड व्यवसायी संघर्ष समितिका अगुवा नेता योगेन्द्र प्रसाद साह काठमाडौंमा उपचार गराईरहेका छन् ।

उपचाररत साहलाई कवाड व्यवसायी संघर्ष समितिले ५० हजार आर्थिक सहयोग गरेको छ । समितिका अध्यक्ष रामकेवल साहले सहितकाले साहलाई अस्पतालमै पुगेर उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक सहयोग गरिएका हुन् ।

आम जनता पार्टी (आजपा)का उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले काठमाडौं महानगर प्रहरीको बढ्दो बर्दी आतंक तथा सनकको भरमा भैरहेको आपत्तिजनक स्वेच्छारी शासन एवं गुण्डागर्दीप्रति खेद प्रकट गर्दै बर्दीधारी गुण्डालाई कारवाहीको माग गरेका छन् ।

महानगर प्रहरीको कुटपिट एवं दमनमा परी अस्वस्थ भएका कबाड संघर्ष समितिका अगुवा नेता साहको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले कानूनको उलंघन गर्ने बर्दीधारी गुण्डाहरुलाई कारबाही गर्न सरकारसंग माग गरेका हुन् ।

पछिलो समय सर्वोच्च अदालतको आदेश विपरित र कानून विपरित काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीलाई दुख दिदै उनीहरुको व्यवसायीक ठाउँ भत्काउने, कुटपिट गर्ने कार्यको कवाड व्यवसायीले प्रतिवाद गर्दै आएका छन् ।

कवाड व्यवसायीले महानगरको प्रहरीको ठाउँ ठाउँमा प्रतिवाद गर्दै आएका छन् । उनीहरुले काठमाडौंमै मेयर बालेन साहको विरोधमा नाराजुलुशका साथै महानगर समेत घेराउ गर्दै आएका छन् । उनीहरुले आन्दोलनलाई थप कडा बनाउँने रणनीतिमा रहेका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -