Tuesday, November 26, 2024
घरसमाचारअसन्तुष्ट पत्रकारहरुद्वारा पत्रकार महासंघ पर्सामा तालाबन्दी

असन्तुष्ट पत्रकारहरुद्वारा पत्रकार महासंघ पर्सामा तालाबन्दी

वीरगंज। पर्सा जिल्लामा बर्षौदेखि निरन्तर काम गर्दै आएका क्रियाशील पत्रकारहरुले पत्रकार महासंघ पर्सा शाखामा तालाबन्दी गरेका छन । आफ्नो अधिकार सुनिश्चित नभएको कारण सदस्ता बितरणमा समेत काखा पाखा भएकोले पर्सा शाखामा भोटे ताल्चा हानिएको क्रियाशील पत्रकारहरुले बताएका हुन ।

पटक पटक पत्रकार महासंघ पर्सा शाखाले सदस्ता वितरणमा काखा पाखा गरेको कारण बाध्य भइ नेपाल पत्रकार महासंघ पर्सा शाखामा ताल्चा हान्नु परेको क्रियाशील पत्रकार बिनोद पटेलले जानकारी दिनुभयो । आज बिहान करिब ९ बजेर ४५ मिनेटमा पत्रकार महासंघ पर्सा शाखामा क्रियाशील पत्रकारहरु पुगी ताल्चा हानेको बताए । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले क्रियाशील पत्रकारहरुलाई सदस्ता वितरण नगरी आफ्नो आफ्न्त र आसेपासीलाई सदस्ता वितरण गरेको हुदा आफ्नो सदस्ताको मांग गर्दै ताल्चा हानिएको क्रियाशील पत्रकार बिनोद पटेलले जानकारी दिनुभयो । तालाबन्दी कार्यक्रममा क्रियाशील पत्रकार रंजित चौरसिया, दिपक चौरसिया, निखिल बर्णवाल, आशु सरार्फ, अशोक संग्रौला, बिनोद पटेल, अरमान, अर्जुन गुप्ता लगायत दर्जनौ पत्रकारहरुको उपस्थित रहेको थियो ।

यता बारा जिल्लाबाट ३ जना पत्रकारहरु उमेश दुबे, तिवारी यादव र रंजित यादवले पत्रकार महासंघबाट पर्सा जिल्लामा आफ्नो सदस्यता स्थानान्तर गर्न खोज्दा पत्रकार महासंघ पर्साले काखा पाखा गरेपछि सो बिषयले नराम्रो विवाद उत्पन्न गरेको छ । तिन जना पत्रकारहरु मध्ये २ जना पत्रकारहरु उमेश दुबे र रंजित यादवलाई फिर्ता पठाई तिवारी यादवलाई मात्र पत्रकार महासंघ पर्साले भित्रयाएपछि विवाद चुलिएको हो ।

उमेश दुबे र रंजित यादवको पक्षमा १० गते पत्रकारहरु राजा कुमार पटेल, निलिमा पौडेल, मनोज पटेल र अमित अग्रवालले एक प्रेस बिज्ञप्ती जारी गरी पत्रकार महासंघ पर्साले गरेको भेदभावपूर्ण कार्यको बिरोध जनाएको छ । स्थानान्तर पिडित दुई पत्रकारहरु मध्येका उमेश दुबेले पत्रकार महासंघ पर्साको यस किसिमको रवैया प्रति दुख प्रकट गर्दै महासंघ पर्साले मात्र चाकरी गर्नेहरुलाई मात्र सदस्ता वितरण र स्थानान्तर गर्ने गरेको बताए । यस बिषयमा पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिको ध्यान जान अति अवाश्यक देखिन्छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -