NRNA एउटा सामाजिक संस्था भएकोले सहमति र सहकार्य सबैको लागि अपरिहार्य हुन्छ तर अध्यारो कोठामा गरिएको उधारो सहमतिले सधै सहकार्यलाई बाधाअर्चन र अगाडीको मार्ग दर्शनलाई अप्ठ्यारो मात्र बनाउने गर्दछ।
NRNA का सबै बैठकहरुमा नेतृत्वको निर्णय भन्दा फरक बिचार आउन बित्तिकै उसलाई नेतृत्वको हेराई र व्यबहार धेरै फरक हुँदै आएको थियो तर पनि गलत र संघलाई अघात पुराउने कुनै पनि बिषयमा कहिले पनि ज्युदो साँक्षी बस्न सकिदैन। त्यसैले NRNA को नेतृत्वले जबर्जस्त लाद्न खोजेको अबैधानिक र अमानवीय बिधान संशोधनको कार्यप्रणाली तथा यसको दीर्घकालीन असरलाई मध्येनजर गरी हामी आईसीसी सदस्यहरु बिजय मोक्तान (जर्मनी),चिन्तामणी साप्कोटो ( स्पेन),शंकर खड्का (अमेरिका), दिपक शर्मा (अष्ट्रेलिया) र अफ्रिकाको क्षेत्रीय संयोजक रोशन थापाले बिश्वब्यापी रुपमा फैलिएको ज्यान मारा कोरोना संक्रमणले उत्पन्न गरेको डर र त्रासित समयमा उपयुक्त नभएको कारणले अहिलेको अप्ठ्यारो परिस्थितिमा NRNAको विशेष महाधिवेशन आयोजना गर्न उचित समय नभएको ठहर गर्दै परराष्ट्र मन्त्रालयमा रोक्नको लागी आवेदन गरेको सर्वविधितै छ।
NRNAको मेरुदण्ड बिधान जस्तो संबेदनसिल बिषयलाई प्रत्येक्ष छलफलबाट मात्र संशोधन गर्न सकिने र अन्तर्राष्ट्रिय महाधिवेशनमा मात्र बिधानको संशोधन प्रस्ताव पेश गर्न पाउने व्यबस्थाको छातीमाथि कुल्चेर जबर्जस्त बिधान संशोधन गर्न अहिले NRNA को नेतृत्व तिब्र रूपमा अगाडी बढ्दै छ।
NRNA को आमूल परिवर्तन र रुपान्तरणको नाममा संघलाई धराशायी बनाउने र बिधानको भर्र्याङ् बनाउदै उच्च पदमा आशिन हुने खेलमा केही खुरापाती दिमागका धनी बिज्ञहरु अग्रसर भइरहेका छन। आफ्ना चम्चे र झोले तथा दलेहरुलाई संघमा स्थापित गर्न संघको संरचना देखि कार्यप्रणालीमा समेत फेबदल गर्ने तर्खरमा लागी रहेका छन।
NRNA एउटा सामाजिक तथा परोपकारी ८३ देशमा रहने ८० लाख नेपालीहरुको साँझा संस्था भएकोले गत १६ महिना देखि संघले कुनै सामाजिक काम गरेको रेकर्ड छैन। यो भन्दा पनि कसरी अर्को पटक नेतृत्वलाई आफ्नो हातमा पार्ने कोशिसमा लागिरहेका बिज्ञ खुरापतीले ८३ मुलुकमा बस्ने ८० लाख नेपालीहरुको मर्म र भावनालाई बिर्सदै छन।
नवौ बिश्व सम्मेलनमा फर्जी र नक्कली मतलाई खरिद बिक्री गरी आर्जेको नेतृत्वले सबै NRN हरुलाई भेडा बाख्राको निन्दनीय नामकरणको उच्चारण गर्दै अपमानित गरिरहेको छ। बिचौल्याहरुको सहयोगले फर्जी र नक्कली मतको सहारामा नेतृत्व कब्जा गर्न सफल भएकोले विशेष महाधिवेशनको नाममा फेरि उस्तै उस्तै नक्कल गर्न खोजेको छ।
कयौं पटक आईसीसीको बैठकहरुमा हामी आईसीसीहरुका आवाजहरुलाई कुंठित गर्न माईकको स्विज अफ गर्दै हाम्रो बोल्ने अधिकार र हामीले प्रतिनिधित्व गर्ने देशका NRN हरुका आवाजहरुलाई कुल्चने काम NRNA को नेतृत्वले गर्दै आईरहेको छ।
बिगत १० बर्ष देखि सिण्डिकेटको घेराउमा बन्देज गरिएको NRNA लाई अझै कयौं बर्ष सम्म यस्तै अबस्थामा कायम राख्न खोज्दै छन। संघको नाममा अबैध तथा गैर कानुन कार्यको सुरक्षीत प्लेट फार्म बनाउदै आफ्नो व्यक्तिगत स्वार्थमा लम्पट लागीरहेका छन।
यहा न्यायका आवाजहरुलाई दबाईन्छ। यहा चाकडी च्याप्लुसी, झेले र दलेहरुको बोलबला मात्र छ। यस्तो दर्दानाक डर त्रासित समयमा विशेष महाधिवेशन अहिले उपयुक्त र अनुकुल छैन भन्ने हामी ५ भाईहरुलाई सहमति र सहकार्यमा बेवास्ता गरिदै छ। बिच बिचैमा सहमतीय सहकार्यका खाका तयार गर्दै झुठो समाचार बाहिर प्रचार प्रसारमा ल्याईने गरिन्छ। हाम्रो माग भनेको निस्वार्थ र पुर्वाग्रह बिनाका सम्पुर्ण NRN हरुका साँझा आवाजहरु हुन। त्यसैले यी आवाजलाई दवाउने कोशिस गरियो भने यसको अन्तिम परिणाम गम्भीर हुने छ। कसैको स्वार्थमा भएका सहमतिले सम्पुर्ण NRN हरुका मागहरुलाई सम्बोधन गर्न सक्ने छैन। यदि यस्तो भयो भने हामी ५ भाई न्याय खोज्न अदालतको ढोका ढकढक्याउन बाध्य हुने छौ।
उजुरीकर्ता र प्रतिपक्षिय बिच सिधा संवाद बिना समस्याको समाधान खोज्नु न्याय संगत छैन। NRNA को नेतृत्व समस्याको समाधान भन्दा पनि समस्यालाई अझ धेरै बल्झाउन चाहेको जस्तो देखिन्छ। नवौ बिश्व सम्मेलनले दिएको म्यान्डेड अनुसार आर्थिक र संगठानिक प्रतिवेदन मात्र विशेष अधिवेशनमा पेश गर्न पाउने अधिकार दिएको छ तर यहाँ नेतृत्वले जबर्जस्त बिधान संशोधन गर्न किन यस्तो मरिहत्ते गर्नु पर्ने ???
संघको बृहत्तर हित र NRN हरुका आवश्यकता र महत्वलाई संबोधन गर्न नेतृत्व कहिले पनि तयार हुन नसक्नु अति दुखदायी छ। निर्वाचनको म्यान्डेटले दिएको प्ररिणाम अनुसार नेतृत्व ग्रहण गरे पनि राजनीतिमा जस्तो सत्ता पक्षिय र सत्ता बाहिरको प्रतिपक्षीय जस्तो व्यबहार गर्नु एउटा सामाजिक संस्थामा अति दुर्भाग्य हो।
NRNA संस्थाको संस्थागत बिकास गर्न सबैका हात, सबैका साथको जरुरत हुन्छ। नेपालीका नेपाली भन्ने NRNAको आदर्श स्वलोगनले हामी सबै ८३ देशहरूमा रहने ८० लाख नेपालीहरुलाई एकीकृत बनाउछ तर स्वार्थसिद्ध गर्न NRNA को प्लेट फार्म प्रयोग गरी कमाई खाने भाडो बनाउनेहरुको लागि दुध दिने लैनो गाई जस्तै हो संघ।
संघका सामाजिक अभियानको नाममा करोडौं कुमल्याउनेहरुले संघको सिण्डिकेट कहिले तोड्न चाहदैनन। सधै उनैहरुको हालीमुहाली नै हुन चाहन्छन। अतिबादी सोचका नष्लबादी बिचारधारा भएका निरङ्कुश ओलि सरकारका अनुयायीहरुको बर्चस्व रहेको NRNA नेतृत्वले विधिबिधान र नियम कानुन तथा प्रक्रियाको कुनै प्रयोग हुदैन। फाईदा र स्वार्थको खेती खान पल्किएको सत्ताको आडभरोसामा रमाउन जान्नेहरुले कहिले संघको महत्व र सम्पुर्ण NRNहरुका आवश्यकता एबम मागहरुलाई बेवास्ता गर्ने गर्दछ्न। NRNAको नेतृत्वलाई यो पनि जान्न जरुरत छ जहाँ अन्याय र अत्याचार हुन्छ त्यहा प्रतिकार पनि हुन्छ। यो साँझा संसारमा सबैको हक अधिकार प्रकृतिले बराबरी दिएको छ।