Friday, January 10, 2025
घरसमाचारदीक्षान्त समारोहमा प्रधानमन्त्रीले भने : हामी कहिल्यै हार्न नजान्ने स्वाभिमानी नागरिक हौं

दीक्षान्त समारोहमा प्रधानमन्त्रीले भने : हामी कहिल्यै हार्न नजान्ने स्वाभिमानी नागरिक हौं

१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा उपनिवेशवादले राज गरेको बेला पनि नेपाल सदैव स्वाधीन मुलुक रहेको भन्दै देशभक्ति भावना छाड्न नहुने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वाभिमानी देशका स्वाभीमानी नागरिकले कहिल्यै हार्न नजानेको भन्दै देशभक्ति भावनाबाट ओतप्रोत हुन आग्र गरे ।

उनले भने, ‘उपनिवेशवादले दुनियामा राज गरेको बेला हाम्रो मुलुक सदैव स्वाधीन रह्यो । जसले हार्न जानेन । हामी स्वाभिमानी देशका स्वाभिमानी नागरिक हौं । त्यसकारण देशभक्तिको भावना छाड्नु हुँदैन  ।’

नेपालीहरू बुद्धको देशका मानिस भएको भन्दै उनले आफूहरूले सदैव शान्ति चाहने बताए ।

प्रधानमन्त्री ओलीले घमण्डलाई त्यागेर सालिनता, विनम्रतालाई अंगालेर आदर्श व्यक्तिको रूपमा चिनिनु पर्नेमा जोड दिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -