२०८३ बैशाख २१ गते, सोमबार १८:३७

विश्व हिन्दू महासंघकी अध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाण्डौ/ विश्व हिन्दु महासंघअन्तर्राष्ट्रियका नव निर्वाचित अध्यक्ष अस्मिता भण्डारीले बाँसबारीस्थित कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ ।

महासंघको ११ औँ महासम्मलेनबाट निर्विरोध निर्वाचित अध्यक्ष भण्डारीले बुधवार बिहान पदभार ग्रहण गर्नु भएको हो।

बैदिक ब्राह्मण गुरुहरूद्वारा मन्त्रोचारण सहित अध्यक्ष भण्डारीले पदभार ग्रहण गर्नु भएको सो अवसरमा अध्यक्ष भण्डारीले महासंघको ११ ओैं महासम्मेलन सम्पन्न गर्न महत्त्वपूर्ण याेगदान पुर्‍याउनु भएकोमा जानकी मन्दिर जनकपुर धाममा महन्त श्री रामतपेश्वर दासज्यूलाई धन्यवाद पत्र लेखि पठाउने साथै उक्त महासम्मेलन एवम् महासभा सम्पन्न भएको सम्बन्धि जानकारी काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई लेखि पठाउने निर्णय गर्नु भयो ।

उहाँको पदभार ग्रहणका बेला निवर्तमान कार्य समिति तथा शुभेच्छुकहरुले कार्यालयमा पुगि बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

अध्यक्ष भण्डारीले पदभार ग्रहण पछि महासंघको कार्यालयमा रहेको योगी नरहरी नाथ र राजा वीरेन्द्रको शालिकमा माल्यार्पण गर्नु भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM