२०८२ फाल्गुन ३ गते, आईतवार ०१:२५

बीरगंज भन्सारमा कर्मचारीको मिलेमतोमा दलालहरू सक्रिय

काठमाडौं । भारतीय गाडी नेपाल प्रवेशका लागि सीमा जोडिएको जिल्लाका भन्सार कार्यालयबाट अनुमति लिनुपर्छ । एकै दिनमा फर्किने गरी बिना शुल्क नजिकको बजारसम्म भारतीय गाडी जान सक्छन् । नेपालतर्फ प्रवेश गरेका भारतीय गाडीले एक दिनभन्दा बढी बसेमा निर्धारित शुल्क तिर्नुपर्छ । नेपालतर्फ प्रवेशका लागि भन्सार कार्यालयमा छुटपूर्जीका लागि गाडी नै लिएर जानुपर्छ ।

नेपालमा सबैभन्दा बढी भारतीय गाडी बीरगंजबाट आउने गर्दछन् । तर बीरगंज भन्सारमा दलालहरुले विनागाडी नै भन्सार कार्यालयमा सेटिङ गरी नेपालतर्फ प्रवेश अनुमति लिने गरेका छन् । भन्सार कार्यालय बीरगंजमा गाडी नै नलगी छुटपूर्जी लिएर नेपालतर्फ गाडी निर्वाध आउने गरेका छन् ।

दलालहरुले भन्सारका कर्मचारीलाई घुस खुवाएर विनागाडी नै प्रवेश अनुमति लिने गरेको स्रोत बताउँछ । २०८१ मंसिर ६ गते स्थानीय ब्यवसायीहरुले गाडी नै नल्याई प्रवेश अनुमति दिने गरिएको र यसले धेरै समस्या आउने गरेको बिषयमा स्थानीय पर्यटन ब्यवसायीहरुले भन्सार कार्यालय बीरगंजका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेलाई अनुरोध गरेका थिए ।

लामिछानेले गाडी नल्याएसम्म अनुमति नदिने आश्वासन दिए । तर दलालहरुको सेटिङमा भन्सारका कर्मचारीहरुले गाडीबिना नै प्रवेश अनुमति दिइरहेको एक ब्यवसायीले नेपालफेसलाई बताएका छन् । गाडी अनिवार्य रुपमा भन्सार प्रांगणमा ल्याएपछि मात्र भन्सार कार्यालयले नेपाल प्रवेश अनुमति दिनुपर्ने हुन्छ । तर यो ब्यवस्थाबिपरीत विनागाडी नै बिचौलिया अरुण यादव र जीतेन्द्र पटेलले भन्सारका कर्मचारीलाई घुस दिएर छुटपूर्जी लिंदैआएको स्रोत बताउँछ । स्रोतका अनुसार यादव र पटेलले लाग्ने शुल्कभन्दा दोब्बर तेब्बर घुस बुझाएर विनागाडी नै प्रवेश अनुमति लिने गरेका छन् ।

गाडीविना नै छुटपूर्जी दिंदा ती गाडी अपराधजन्य कार्य वा तस्करीमा प्रयोग हुने संभावना भएकाले पनि भौतिक रुपमै हेरेर मात्र अनुमति दिने ब्यवस्था गरिएको हो । तर बिचौलिया यादव र पटेलले भन्सारका कर्मचारी सेटिङ गरी विनागाडी अनुमति लिने गरेका छन् ।

यादव र पटेलले बीरगंजबाट ठोरीको लागि अनुमतिपत्र दिन ४ हजारसम्म घुस दिएर अनुमति लिने गरेको आरोप छ । यादव र पटेलले बर्षौंदेखि भारतीय गाडी भन्सारमा नल्याई नेपाल प्रवेश अनुमति लिने क्रममा भन्सार सेटिङको धन्दा गर्दैआएका छन् । यी बिचौलियाका कारण बीरगंजको बाटो हुँदै काठमाडौंसम्म आउने पर्यटक पनि पनि हैरान हुने गरेका छन् । काकडभित्ता, बिराटनगर, पोखरा जाने पर्यटक उत्तिकै हैरान छन् । गाडी नै नभई कागजको भरमा अनुमति दिने भन्सार कार्यालय बीरगंजका कर्मचारीले गाडीसहित आउने पर्यटकलाई भने अनावश्यक केरकार गर्ने र दुःख दिने गरेको गुनासो छ ।

नियमअनुसार भारतीय नम्बर प्लेटका सवारी साधन ३० किलोमिटरसम्म भन्सार सुविधामा ल्याउन मिल्छ । भारतीय नम्बर प्लेटका कार र जिप प्रयोग गर्नेले दैनिक ४ सय ५२ रुपैयाँ भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था छ । एक वर्षमा एउटा भारतीय गाडीले ३० दिनभन्दा बढी प्रवेश अनुमति पाउँदैन ।

सीमावर्ती शहरमा हुने अपराधमा भारतीय नम्बर प्लेटका गाडीको प्रयोग हुने गरेका समाचार पनि बारम्बार आउने गरेका छन् । अपराधमा प्रयोग गरिएका भारतीय नम्बर प्लेटका गाडी कानुनी प्रक्रियासमेत पूरा नगरी भित्रने गरेका छन् ।

लागुऔषध ओसारपसारमा प्रायः भारतीय नम्बर प्लेटका मोटरसाइकलको प्रयोग भएका समाचार पनि आइरहन्छन् ।

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM