२०८३ असार ३ गते, बुधबार १४:११

काठमाडौंको यट्खामा विद्युत् पोलमा सर्ट सर्किट हुँदा आगलागी

– उजाला स्थापित

काठमाडौं । काठमाडौंको यट्खा क्षेत्रमा विद्युत् पोलमा भएको सम्भावित सर्ट सर्किटका कारण आगलागी भएको छ।

स्थानीयका अनुसार विद्युत् पोलबाट अचानक आगो निस्किएपछि केहीबेर क्षेत्र त्रसित बनेको थियो। आगलागी भए पनि समयमै नियन्त्रणमा आएकाले कुनै ठूलो मानवीय वा भौतिक क्षति भने हुन पाएन।

घटनापछि स्थानीयवासीले विद्युत् पूर्वाधारको नियमित निरीक्षण तथा मर्मतसम्भारमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताएका छन्। उनीहरूले जीर्ण तथा क्षतिग्रस्त तार तथा उपकरण समयमै प्रतिस्थापन नगर्दा यस्ता घटना दोहोरिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

यस घटनाले विद्युत् सुरक्षाप्रति थप सचेत हुनुपर्ने आवश्यकता औंल्याएको छ। स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् पोल, तार तथा अन्य पूर्वाधारको नियमित अनुगमन, मर्मतसम्भार र आवश्यक सुधार गरी यस्ता दुर्घटना हुन नदिन प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

विद्युत् सम्बन्धी साना लापरबाहीले समेत ठूलो जनधनको क्षति निम्त्याउन सक्ने भएकाले सम्बन्धित निकायले समयमै आवश्यक सावधानी अपनाउनुपर्ने स्थानीयको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM