काठमाडाैं। सुनको मूल्य तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यसदिन चाँदीको मुल्य पनि प्रतितोला १ सय १५ रुपैयाँले घटेको छ। महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार चाँदी १ हजार ९ सय ६० रुपैँयामा कारोबार भएको थियो।