२०८३ बैशाख २२ गते, मंगलवार ००:२५

साहलाई बिनासर्त तत्काल रिहा नगरिए कडा आन्दोलन हुने आजपाको चेतावनी

काठमाडौं ।आम जनता पार्टी (आजपा) का केन्द्रीय सदस्य तथा समाजसेवी राजेश साहलाई सत्ताधारी राजनीतिक पूर्वाग्रहको आडमा रौतहट प्रहरीले पक्राउ गरेकोमा उनलाई बिनासर्त तत्काल रिहा गर्न पार्टीले माग गरेको छ ।

आजपा प्रवक्ता चन्द्रभुषण साहले आज एक बिज्ञप्ती जारी गर्दै केन्द्रीय सदस्य साहलाई रिहा नगरिए कडाभन्दा कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएका छन् । प्रहरी प्रशासनको तर्फबाट दिनानुदिन बढ्दै गएको यी र यस्ता पक्षपातपूर्ण रबैयामा समयमै सुधार गर्न आजपाले आग्रह समेत गरेको छ ।

केन्द्रीय सदस्य साहलाई सत्ताधारी शक्तिको राजनीतिक पूर्वाग्रहको आडमा यहीं कार्तिक ९ गते शुक्रबारको दिन गिरफ्तार गरी विगत ५ दिनदेखी प्रहरी नियन्त्रणमा राखेको घटनाप्रति आजपले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

‘रौतहट जिल्लाको देवाहीगोनाही नपा – ०९, धरहरी स्थित श्री जय किसान माविको प्रअ संजय साहलाई विद्यालय एवं विद्यार्थीको भविष्य बिग्रने गरी आम विद्यार्थी एवं अभिभावकहरुको मनोभावना विपरीत मेयर प्रेमलाल साहले आफ्नो व्यक्तिगत कुण्ठा एवं राजनीतिक प्रतिशोध साध्न बलपूर्वक सरुवा विवाद सृष्टि गरेकोले आफ्नो भविष्यप्रति चिन्तित सोही विद्यालयका विद्यार्थीहरुद्वारा बाध्यतावश भएको प्रदर्शनको घटनालाई समयमै वार्ता र संवादबाट समस्याको ठोस एवं दीर्घकालिन समाधान निकाल्नुको सट्टा यसरी उल्टै राजनीतिक दबाव, प्रभाव एवं पूर्वाग्रहको आडमा पीडित स्थानीय समाजलाई झन् पीडित बनाउने उद्देश्यले राजेश साहलाई नियन्त्रणमा राखेको दुरासयपूर्ण हर्कतको घोर भर्त्सना गर्दै विना शर्त शिघ्र रिहाईको माग गर्दछु’ आजपा प्रवक्ता साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

पक्राउ गरिएका केन्द्रीय सदस्य साहलाई बिना सर्त तत्काल रिहा नगरिएको पार्टीले गर्ने संघर्षबाट उत्पन्न हुने परिस्थिति एवं क्षतिको सम्पूर्ण जिम्मेवारी नेपाल प्रहरी एवं राज्य पक्षले नै लिनुपर्ने चेतावनी आजपाले दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM