२०८३ असार १४ गते, आईतवार १४:२६

शाहरुखकी पत्नी गौरीले जितिन उत्कृष्ट डिजाइनर अवार्ड

मुम्बई : ‘डिजाइन पर्सन अफ दी इयर २०१९’को अवार्ड जितेपछि बलिउड अभिनेता शाहरुख खानले पत्नी गौरी खानलाई बधाई दिएका छन्। गौरीले बी डब्लू फ्युचर अफ डिजाइन एन्ड समिट अवार्डको दोस्रो संस्करणमा ‘डिजाइन पर्सन अफ दी इयर’ भएकी हुन्।

यसबारे शाहरूखले ट्विट गर्दै भनेका छन्, ‘भनाइ छ, लुगाले मान्छे बनाउँदैन, मान्छेले लुगा बनाउँछ। तर सत्य के हो भने जे चिज पनि कसैलाई बनाउँछ भने, त्यो महिलाले नै बनाउँछ। खासमा बाजिगरको जिन्स राम्रो थियो।’ गौरीले आफ्नो करिअरको सुरुआतमा शाहरुख खानको फेसन डिजाइनरका रूपमा काम गरेकी थिइन्।

‘बाजिगर’ फिल्ममा पनि शाहरुखका लागि उनले नै लुगा तयार पारेकी थिइन्। हालै गौरीले इन्स्टाग्राममा शाहरुख र काजोलको तस्बिर सेयर गरेकी थिइन्, जसमा शाहरुखले बाजिगर फिल्मको एक दृश्यमा उनीद्वारा डिजाइन गरिएको जिन्स लगाएका छन्।

एक सफल इन्टेरियर डिजाइनरका साथसाथै गौरी निर्मातासमेत हुन्। सन् २०१८ मा उनलाई ‘फच्र्युन म्यागेजिन’ले उत्कृष्ट ५० महिलाको सूचीमा सामेल गरेको थियो। एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM