२०८२ आश्विन २६ गते, आईतवार ०९:०१

बलिउड अभिनेता गोविन्दाले आफैँलाई गोली हाने, आइसियुमा उपचार हुँदै

काठमाडौँ/भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ। आफ्नै रिभल्भरले खुट्टामा आकस्मिक गोली लागेपछि उनी मंगलबार मुम्बईको एक अस्पतालमा भर्ना भएका छन्।

यो घटना उनको जुहू निवासमा भएको हो। बिहान करिब ५ बजेको समयमा कोलकाता जाने तयारी गर्नुअघि आफ्नो लाइसेन्स प्राप्त रिभल्भर जाँच गर्दै थिए। सोही क्रममा अकस्मात उनको हातबाट रिभल्भर खसेर गोली चल्दा उनको खुट्टामा लागेको उनको पारिवारिक स्रोतलाई उदृधत गर्दै भारतीय सञ्चारमाध्‍यमले जनाएका छन्।

यतिबेला डाक्टरले उनको खुट्टाबाट गोली निकालेको छ। गोविन्दा खतरामुक्त छन्। आइसियुमा राखी उनको उपचार भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM