२०८३ बैशाख २२ गते, मंगलवार १०:४४

स्नातक पास भएको प्रमाण पेश गर्न नसक्दा भट्टराई को नाम राजदूतबाट अस्वीकृत

काठमाडौं/संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकमा प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्न दुईतिहाइको संख्या नपुगेपछि मंगलबारको बैठकले निर्णय लिने समितिका सदस्य एवम् कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

उनका अनुसार सोमबार बैठकमा १५ मध्ये ८ सदस्यमात्रै सहभागी थिए । समितिले माग गरेको स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्ने समितिको तयारी छ ।

घिमिरेले प्रस्तावित व्यक्तिका नाम अस्वीकृत गर्न दुईतिहाइ संख्या आवश्यक पर्ने बताए । तर सोमबारको बैठकमा बहुमत सदस्यमात्रै रहेकाले निर्णय गर्न नसकिएको उनले बताएका छन् ।

भट्टराईले राजदूत नियुक्तिका लागि आवश्यक स्नातक तह पासको प्रमाणपत्र उपलब्ध गराउन नसकेपछि समितिले यसअघि सोमबारसम्म प्रमाणपत्र बुझाउने समय दिएको थियो ।

तर उनले सोमबार पनि उक्त प्रमाणपत्र सोमबार पनि उपलब्ध गराउन सकेनन्। प्रमाणपत्र नआएपछि समितिको बैठक मंगलबार बिहान बसेर उनको नाम राजदूतमा अस्वीकृत गर्न लागिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM