Saturday, January 11, 2025
घरक्राइम चेकविदेशीहरूको पक्षपोषण गर्ने यो संविधान खारेज गर्नुपर्छ : प्रभु साह

विदेशीहरूको पक्षपोषण गर्ने यो संविधान खारेज गर्नुपर्छ : प्रभु साह

काठमाडौं/आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान बाहिर हेर्दा नेपालको संविधान भनिएपनि अन्तर्यमा हेर्दा यो दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने संविधान भएको आरोप लगाएका छन् ।

आज (बिहीबार) आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले आयोजना गरेको ‘नेपालको संविधानः समाधान कि समस्या’ विषयक अन्तरक्रियालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै पूर्वमन्त्री साहले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको खारेजी गरिनुपर्ने आवश्यकत्ता औंल्याए ।

उनले भने,‘यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन् । यसले नेपाली जनताको भाग्य र भविष्यलाई उज्जवल गर्दैन् । यसले नेपाललाई बर्बादमात्रै गर्नेछ भन्ने कुरा यो १० वर्षको घट्नाक्रमले पुष्टि गरिसकेको छ । हामीले पनि हेरिसकेका छौं । कसैले भुलवश यो नेपालको संविधान र नेपालको सरकार नेपालीकै हो भन्ने भ्रममा हुनुहुन्छ भने आजैबाट त्यो भ्रम हटाईदिन आग्रह गर्न चाहन्छु । कसैले नेपालकै सरकार हो भन्यो भने म त्यसलाई सोध्न चाहन्छु–अहिलेको प्रधानमन्त्री केपी ओलीजीसँग सोध्न चाहन्छु–साँच्चै तपाईं नेपालकै प्रधानमन्त्री हो ? नेपाली जनताकै प्रधानमन्त्री हो ? तपाईंको जिउमा नेपालीकै रगत र पसिना छ, यदि छ भने जसले नेपालको नागरिकता त्यागे, उनीहरुको पैत्तिक सम्पत्ति कहाँ छ ? त्यो सोध्न चाहन्छु । हेक्टर हेक्टरका जग्गा बेचेर नेपालीहरुले पैसा अमेरिका, अष्ट्रेलिया लैजान मिल्छ कि मिल्दैन् ? नेपालीहरुको भूभाग, जमिन, पूर्वजले आर्जिएको जमिन अमेरिका लैजान मिल्छ ?

देशमा ७६१ वटा सरकार बनाईएको भन्दै आक्रोश पोखे । उनले संघीय शासन भएका कुनैपनि देशमा तीन तहका सरकार नभएको तथ्यांक पेश गरे । उनले नेपालमा भने तीन टायरको सरकार बनाईएको भन्दै आलोचना गरे ।

उनले नेपालमा शासक वर्गलाई नै आरक्षण दिएको भन्दै आलोचना गरे । उनले अहिले दलतन्त्र र दलका नेताहरू मालामाल भएको र जनता लाचार हुनुपरेको अवस्था रहेको सुनाए । उनले जनताको शासन ल्याउनुपर्ने आवश्यकत्ता औंल्याए । उनले पूरानै दलमा सवार भएर देश र जनताको लागि राम्रो गर्न नसक्ने निश्कर्ष निकालेर आफूले नयाँ दल खोलेर जनताको सेवामा समर्पित भएको बताए ।

 

जनयुद्ध र जनआन्दोलनमा आफूहरुले ठूलो त्याग गरेको भएपनि त्यसमा ठूलो व्यापार र गद्दारी भएको उनको आरोप छ । उनले भने,‘आज यी नेताहरु नाँगो भइसकेपछि र उनीहरुको कुकर्म नाँगो भैसकेपछि अब कलाकारहरुलाई आफ्नो कभर बनाउँदैछन्, संविधान दिवस मनाउने भनेर नाटक गरिरहेका छन् । हिन्दीमा एउटा भनाई छ–जब गिधरकी मौद आती हे, तो उ शहरकेतर्फ भाग्ती हे, आज यी नेताहरु दरबारतिर गैरहेका छन् । नारायणहिटीतर्फ नेताजीहरुको यात्रा विनाशको यात्रा हुनेछ । कलाकारहरु त्यसको साक्षी किनारा नबन्नुहोस । तपाईंहरु सम्मानित हुनुहुन्छ । नेपाली जनताले घृणा गरेका र यी गन्हाएका चिजहरुलाई बोक्न नजानुहोस । यो संविधान दिवस हो ? राष्ट्रिय दिवस हो ? यो विदेशीहरुको लागि दिवस होला । विदेशीहरु यसमा खुशी छन् । आज नेताहरु एउटा–एउटा देशको ठेक्का लिएर एजेन्टको काम गरिरहेका छन् । फलानो पार्टी फलानो देशबाट चलेको छ, फलानो नेता फलानो देशबाट चलेका छन्, यो दुनियाँले बुझेको छैन् र ? यसरी नेपालमा खुलेआम विदेशी दलालहरुको व्यापार भैरहेको छ, नेपालको सम्पत्ति लुटेर विदेश लैजाने खेल भैरहेको छ, अहिलेको व्यवस्था खारेज गर्न जरुरी छ । देशप्रति कसैलाई माया छ भने यो संविधान खारेजीतिर जानुहोस । अनिमात्रै देश बनाउन सकिन्छ ।’

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -