राकेश चौरसिया/
वीरगंज, १ असोज/ वीरगंजमा अति सुविधासम्पन्न अत्याधुनिक प्रविधिसहितको बुटिक सेन्टरको शुभारम्भ गरिएको छ ।
प्रविधि र शीपका देउता भनेर पुजिने विश्वकर्मा पूजन महोत्सवको अवसर पारेर अशोज १ गतेबाट टेरीबेरी बुटीक को शुभारम्भ गरिएको संचालिका विमला तिमिल्सिनाले जानकारी दिनु भयो ।
वीरगंजको ब्रम्हचोकस्थित सुरजीदेवी माविको पूर्वपट्टी रहेको सो बुटिक सेन्टरमा परम्परागत तथा आधुनिक डिजाइनका आकर्षक बुटिक साडी, कुर्ता, सलवार पिस, रेडिमेड कुर्ता सुरुवाल र अर्डर बमोजिमको साडी, लहङ्गा, गाउन, वन पिस साथै साडीमा फल्स तथा पिको गरिने टेरीबेरी बुटिकका संचालिका विमला तिमिल्सिनाले बताउनु भयो ।
वेदकुमारी लामिछाने (सुमित्रा), विमला तिमिल्सिना र विनिता मिश्रा तीन जना कर्मठ र लगनशील महिलाहरुद्वारा संचालित सो बुटिक सेन्टरले अत्याधुनिक वा पारम्परिक डिजाइनका पहिरनहरु लगाउन इच्छुकहरुको चाहनालाई सुपथ मूल्यमा उत्कृष्ट डिजाइन र फिनिसिङ्ग गरि ग्राहकहरुलाई सन्तुष्ट पार्ने लक्ष्य लिइएको छ ।
महिलाहरुले चाहेमा आफ्नै खुट्टामा उभिएर आफैं केही गर्न सकिन्छ अरुको भर पर्नु पर्दैन भन्ने उदाहरण पनि हो टेरिबेरी बुटिक ।