काठमाण्डौ, २९ भदौ । गैर आवासीय नेपाली संघ जर्मनीको यहि मिती २०१९, १४ सेप्टेम्बरमा हुने भनिएको निर्वाचन निर्बाचन नभई आपसि सहमतीमा अध्यक्ष सहित सब्बै पदाधिकारीहरु चयन भएका छन् । यस अधिवेसनमा एक नम्बरमा आई सि सि पदमा बिजय मोक्तान र टंक लम्साल मनोनित हुनु भयो र अध्यक्षमा हरि न्यौपाने निर्बाचित हुनु भएको छ र अरु निर्बाचित ब्यक्तिहरु तल प्रस्तुत गरिएको छ। यस निर्वाचनमा लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व चयन गर्न निर्वाचन आयोग मुख्य निर्वाचन आयुक्त श्रीमती उशा शर्मा सहीत ५ सदस्य मण्डल लाई जिम्मेवारी दिईएको थियौ। निर्वाचन आयोग आफ्नो काम अगाडि सार्दै निर्वाचनको तयारीमा थियो तर एन आर एन ए का सबै अग्रजहरुको अनुरोधमा सहमतीको वातावरण बन्न सफल भयो ।
गैर आवासीय नेपाली संघ जर्मनीको स्थापना भए देखि पहिलो निर्वाचन २०१७ मा भएको थियो र अहिलेका निबर्तमान अध्यक्ष बिजय मोक्तान नै पहिलो र अहिले सम्मको एक मात्र निर्वाचित अध्यक्ष हुन । यश बर्षको निर्वाचनमा पनि सबै पन्जिकृत सदस्यहरुले आफ्नो अभिमतबाट आफुले चाहेको रोजेको उम्मेदवारलाई मत दिन भने बन्चित भए तर त्यसको लागि निबर्तमान अध्यक्ष बिजय मोक्तानले सबैको मताधिकारको कदर गर्दै माफि माग्नु भएको छ ।
गैर आवासीय नेपाली संघ जर्मनीको आगामी नेतृत्वको लागी चुनावी मैदानमा दौडिरहेको अबस्थामा मानसम्मान र पद भन्दा पनि नेपाली समाजमा एकतालाई आपसी भाईचारा सद्भाबपुर्ण महत्त्वलाई पहिलो प्राथमिकता दिदै आपसी छलफल तथा सहमतीय सहकार्यको मार्ग निर्देश गर्ने बाध्यतात्मक समय परिस्थितिलाई आत्मसात गरेको छौ। यस आसन्न एन आर एन ए जर्मनीको निर्वाचनले उम्मेदवारहरुको बिच प्रतिस्पर्धात्मक प्रतिशोधको भावनाले नेपाली समाजलाई बिखण्डन हुने डरबाट हामी सुरक्षीत भएका छौ तर जुन उद्धेश्यले एनआरएनए जर्मनीको पन्जिकृत सदस्य बनेका थियौ त्येस अर्थमा अलि अपमानित र बिचल्लीत तथा अभिमतको कदर नभएको हो कि भन्ने आवास भएकोमा क्षमा प्रार्थी छु। आदरणीय अग्रज तथा निर्वाचन आयोगको प्रयासबाट भएको सहमतिय सहकार्यले एनआरएनए जर्मनिको नेतृत्व चयन भएकोमा बिखण्डित हुनलागेको नेपाली समाजलाई एक ढिक्का बनाउन मद्दत पुगेको मेरो बुझाई छ। सबै पन्जिकृत सदस्यको अभिमतको ईच्छा र आकाङ्क्षाको प्रतिनिधित्व गर्दै निवर्तमान कार्यकालको जस्तै पार्थी छु। तपाईंको मतदान गर्ने हक अधिकारको लागि मेरो आवाज सधै तपाईहरुसित छ।