Saturday, January 11, 2025
घरक्राइम चेकविश्व हिन्दू महासंघले शुक्रबार काठमाडौँमा किन निकाल्दैछ ऱ्याली?

विश्व हिन्दू महासंघले शुक्रबार काठमाडौँमा किन निकाल्दैछ ऱ्याली?

काठमाण्डौ/ नेपाललाई हिन्दू अधिराज्य पुनर्नस्थापना गर्ने माग सहित विश्व हिन्दू महासंघले शुक्रबार राजधानी काठमाण्डौमा ऱ्याली निकाल्ने तयारी गरेको छ।

राप्रपालगायत विभिन्न हिन्दूवादी तथा राष्ट्रवादी संघसंगठनको प्रतिनिधिमूलक सहभागितामा शुक्रबार अपरान्ह १:०० बजे माइतिघर मण्डलाबाट ऱ्याली निकालिने विश्व हिन्दू महासंघले एक पत्रकार सम्मलेनको आयोजना गरि जानकारी गराएको हो।

संघीय गणतान्त्रिक धर्म निरपेक्ष संविधान स्थापना भएदेखि देशमा रहेका बहुसंख्यक सनातनीहरूमाथि संकट आएको, देशको पहिचान, मौलिकता, स्वाभिमान गुम्दै गएको, नेताहरू सत्तालिप्सामा डुब्दै गएको, देशमा अन्याय, अत्याचार, दुराचार, भ्रस्टाचार, ढिलासुस्ती बढ्दै गएकोले त्यसको निराकरणको एक मात्र विकल्प हिन्दू अधिराज्य पुनर्स्थापना रहेकोले सो ऱ्याली निकाल्न लागिएको विश्व हिन्दू महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले पत्रकार सम्मलेनमा जानकारी गराउनु भयो।

देशमा धर्मान्तरण एक मुख्य समस्या र चिन्ताको विषय भएकोले त्यस्तो धर्मान्तरणमा रोक लगाउनु पर्ने मागसहित सम्पूर्ण देशभक्त नागरिकहरूको प्रत्यक्ष र परोक्ष सहयोगमा निकाल्न लागिएको सो ऱ्याली शान्तिपूर्ण रहने अध्यक्ष भण्डारीले बताउनु भयो।

सो पत्रकार सम्मेलनमा ८१ प्रतिशत भन्दा बढी हिन्दू धर्मावलम्बी र ९४ प्रतिशत भन्दा बढी ॐकार परिवार रहेको नेपालमा धर्मनिरपेक्ष राज्य घोषणापछि धर्मान्तरण गर्ने कार्य अभियानकै रुपमा सञ्चालन भैरहेको विश्व हिन्दू महासंघले जानकारी दिएको थियो ।

सो पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य धवल शमशेर राणाले नेपाललाई एकताको प्रतीकका रुपमा राजसंस्था र हिन्दू धर्म अनिवार्य पक्ष रहेको बताए । उनले विश्व हिन्दू महासंघले धर्मान्तरण विरुद्ध आयोजना गरेको कार्यलाई आफ्नो दलको पूर्ण समर्थन र साथ रहेको पनि बताए ।

महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले विश्वभरका सनातनीहरुको आस्थाको केन्द्र रहेको महासंघले सबैको विश्वास र साथ लिएर नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउने अभियान सञ्चालन गर्ने उद्घोष पनि गर्नु भयो।

धर्मान्तरण विरुध्द हुने प्रदर्शनमा देशभित्र र देशबाहिर रहेका सबैको समर्थन रहने विश्वास व्यक्त गरिन् ।

पत्रकार सम्मेलनमाराष्ट्रिय महासंघ राष्ट्रिय समितिका उपाध्यक्ष अरुण कुमार पाण्डे, नेपालका लागि नेपाली पार्टीका महामन्त्री दीपक आत्रेय, बिपी कांग्रेसका महामन्त्री देवेन्द्र प्रसाद पौडेल, राप्रपाका महामन्त्री एवं प्रवक्ता सगुन सुन्दर लावतीलगायत विभिन्न सनातनी संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ऱ्याली सम्बन्धी पत्रकारहरूले सोधेको प्रश्नमा अध्यक्ष अस्मिता भण्डारी एवं राप्रपा प्रतिनिधिसभा सदस्य धवल शमशेर राणाले जवाफ दिनु भएको थियो।

पत्रकार सम्मेलनमा विश्व हिन्दू महासंघले जारी गरेको विज्ञप्ति

आदरणीय सञ्चारकर्मी मित्रहरु,

विश्वका विभिन्न भागमा छरिएर रहेका हिन्दु धर्म, संस्कृतिका अनुयायीलाई एक सूत्रमा बाँधी संगठित तुल्याउन एवं सनातन हिन्दु संस्कृतिद्वारा प्रतिपादित ‘बसुधैव कुटुम्बकम्’ को आदर्श अनुरुप विश्व भ्रातृत्व कायम गरी विश्व शान्ति, विश्व कल्याण तथा पारस्पारिक सहयोग जुटाउने पवित्र उद्देश्य लिई विश्व हिन्दु महासंघ कियाशील रहदै आएको सर्वविदितै छ ।

हाल देशमा बढ्दो राजनीतिक अराजकताको कारणले गर्दा स्थायी शान्ति कायम हुन सकेन । लोकतान्त्रिक भनिएको संविधानबाट समग्र नेपाली जनता, ८१ प्रतिशत भन्दा बढी हिन्दु धर्मावलम्बी तथा ९४ प्रतिशत भन्दा बडी ॐकार परिवारले अपनत्व महसूस गर्न सकेनन्। त्यसैले संविधान जारी हुँदा देखि नै विश्व हिन्दु महासंघले धर्म निरपेक्ष संविधानको चर्को विरोध गर्दै आए‌को थियो। हालै बनेको सरकारको प्रमुख मुद्दा नै दुई ठूला पार्टीहरू मिलेर संविधान संशोधन गर्ने रहेको छ ।

अहिले देशमा धार्मिक-सांस्कृक्तिक अतिक्रमणका समस्याहरू गम्भीर रुपमा बढेर गएका छन्। धर्मान्तरण बढेको छ। ‘वसुधैव कुटुम्बकम’को उच्च आदर्श बोकेको वैदिक सनातन धर्मलाई क्षति पुन्ऱ्याउन र नेपालीको मौलिक कला, संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित गर्न अवाञ्छित गतिविधिहरू दिनानुदिन बडिरहेका छन् । यसै सन्दर्भमा विश्व हिन्दु महासंघले एक धार्मिक व्यलिको आयोजना गरी हिन्दु ॐकार परिवार एकजुट भई नेपाल सरकारको ध्यानाकर्षण गराई संविधान संशोधन गरी हिन्दु अधिराज्य पुनस्र्स्थापनाका लागि दबाब दिने निर्णय गरेको हुँदा धर्मान्तरणले भविष्यमा पुऱ्याउन सक्ने धार्मिक एवम् सांस्कृतिक अतिक्रमणलाई ध्यान दिई राज्यको समेत ध्यानाकर्षण गराउने उद्देश्यले निम्न मिति, स्थान र समयमा आयोजना गरिने धार्मिक ऱ्यालीका बारेमा जानकारी गराउँदै उक्त व्यालीमा यहाँको सञ्चारमाध्यमको तर्फबाट सहभागी भई समाचार संकलन तथा सम्प्रेषण गरी सहयोग पुऱ्याइदिनु हुन विनम्र अनुरोध गर्दछौं।

-अस्मिता भण्डारी, कार्यवाहक अध्यक्ष

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -