२०८२ असार ३१ गते, मंगलवार ०५:३२

गौहत्यारालाई प्रशासनले कारवाही नगरे शिवसेनाले गर्छः अध्यक्ष बस्नेत

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, १४ भदौ/
शिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत (बाबा)ले सुर्खेतको वीरेन्द्रनगरमा भएको गौ हत्याको दोषीहरुलाई अबिलम्ब न्यायको कठघारामा उभ्याएर हदैसम्मको कारवाहीको माग गरेका छन् ।

अध्यक्ष बस्नेतले अपराधी गौ-हत्यारालाई कारवाही गर्न प्रशासनले आनाकानी वा विलम्ब गरे शिव सेना नेपाल स्वयम् त्यस्ता अपराधीहरुलाई कारवाही गर्न अघि बढ्ने चेतावनी समेत दिनु भएको छ ।
शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै शिवसेना नेपालका अध्यक्ष बस्नेतले त्यस्तो माग र चेतावनी दिएका हुन् ।

अध्यक्ष बस्नेतद्वारा हस्ताक्षरित सो विज्ञप्ती जस्ताको तस्तै…

शंकास्पद गौमाता हत्या सम्बन्धमा नेपालगन्जबाट दैलेख लैजान भनेर करिब तीन सयवटा गाईगोरु सुर्खेतको वीरेन्द्रनगरमा पुर्याई त्यहीको भिरबाट खसालिएको भन्ने खबरले शिव सेना नेपालको गम्भीर ध्यानआकृष्ट भएको छ । बिहीबार राती नेपालगन्जबाट आठ वटा ट्रकमा राखेर दैलेखतर्फ लगिएका ती गाईगोरु कसरी भिरबाट खसालिए ? यो घटना कुनै पनि कोणबाट स्वभाविक लाग्दैन । जुन प्रकारले सञ्चारमाध्यमहरुमा यो विषय आएको छ यसले हिन्दुधर्ममा आस्था राख्ने तमाम जनमानसको मन छोएको छ ।

गौमातालाई भीरबाट खसाउने अपराध र पाप जो जो दूराचारीले गरेका छन् ती निश्चय नै अपराधको भागिदार हुनेछन् । यस्तो बर्बर कृत्य कसरी भयो, किन भयो ? भन्ने विषयमा अनुसन्धानका क्रममा खुल्दै जाला । तर एकपछि अर्को गर्दै हिन्दु धर्ममा आस्था राख्नेहरुमाथि भइरहेको प्रहारका कारण हामी यस घटनाबाट पनि सशंकित भएका छौं । भिरबाट खसालेर गौहत्या गर्ने जो सुकैलाई पनि कारबाहीको दायरामा ल्याइयोस् । यो कुकर्म धर्मसँग मात्रै जाडिएको छैन । यो कर्म गर्ने व्यक्ति वा समूह मानवजातिकै कलंकका रुपमा पनि परिभाषित हुन सक्छ ।

यस्तो प्रकारको हिंसा गौमाताको हकमा मात्रै होइन, कुनै पनि प्राणीकालागि पनि हुन हुँदैन । अतः यस सम्बन्धमा स्थानीय प्रशासनले तुरुन्तै एक्सन लिओस् । अन्यथाः शिव सेना नेपाल स्वयंले आवश्यक कारबाही थाल्ने छ ।

जय शम्भो
य देश, जय मातृभूमि, जय नरेश ।
– अनिल बस्नेत बाबा, अध्यक्ष,
शिव सेना नेपाल । २०७६ भदौ १३ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM