चन्द्रसूर्य वाणी अनलाइनमा प्रकाशित “तीन वर्ष कैद सुनाइएका सिंहसँग गृहमन्त्री मन्त्रीको भेटघाट” समाचारप्रति नेपाली काँग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले आपत्ति जनाउनु भएको छ।
प्रकाशित उक्त समाचारमा कुनै सत्यता नभएकोले त्यसले आफ्नो सामाजिक र्र राजनीतिक चरित्रहत्या भएकोले सो समाचार खण्डन गरीदिन सिंहले आग्रह गर्नु भएको हो।
सिंहले मंगलबार ईमेल मार्फत पठाउनु भएको पत्रमा भनिएको बमोजिम खण्डन गरिएको छ।
पत्र जस्ताको तस्तै :
“श्री प्रमुख सम्पादक ज्यू। मिति : २०८१/०५/०४
श्री चन्द्रसुर्यवाणी अनलाइन पत्रिका
वीरगन्ज, पर्सा
विषय : समाचार खण्डन गर्ने सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा त्यस अनलाइन वाट निराधार रूपमा मेरो चरित्र हत्या गर्ने गरी तीन वर्ष कैद सुनआइएका सिंह संग गृहमन्त्री को भेटघाट भन्ने शीर्षक राखी समाचार सम्प्रेषण भएको प्रति मेरो गम्भीर ध्यानकर्षण भएकोछ । यस्ता गम्भीर विषय मा समाचार तयार पार्दा वास्तविक र सत्य तथ्य नबुझी मेरो निर्धार रूपमा मेरो विषयमा समाचार बनाइयको सन्दर्भमा अविलम्ब खण्डन गरी अब उप्रान्त यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह गर्दछौं । धन्यबाद । जय नेपाल।
– सुरेन्द्र प्रसाद सिंह
सभापती
नेपाली कांग्रेस सर्लाही