२०८३ बैशाख ४ गते, शुक्रबार ०८:०८

गोली लागेर ढलेकी रानी रत्नलाई जब राजा महेन्द्रले उपचारकोलागि लैजान मानेनन्…

-शान्तिमान श्रेष्ठ

२०२७ साल तिर राजा महेन्द्र रानी रत्नराज्यलक्ष्मी सहितको डफ्फा लिएर शिकार खेल्न महेन्द्रनगर पुगेछन, शिकारको क्रममा एउटा पाटे बाघलाई घेरामा पारिएछ , राजा महेन्द्रले बाघलाई निशाना बनाएर राईफलको ट्रीगर दागेछन तर दूर्भाग्य ! राईफलको गोलि एउटा चट्टानमा ठोक्किएर रानी रत्नराज्यलक्ष्मीको पेटमा सोझिएछ , रानी त्यहिं ढलिन , शिकार टिममा खैलाबैला भयो, शिघ्र उपचारको व्यवस्था नगरिएमा रानी रत्नको मृत्यु निश्चित थियो । राजा महेन्द्रलाई धर्म संकट आईपर्यो उपचार कहाँ गराउने ? घटनास्थलबाट लखनऊ केहि घन्टाको मात्र दूरी थियो र दिल्ली पनि नजिक थियो साथसाथै स्तरिय उपचार पनि हुन्थ्यो । नेपालको महारानीको उपचार भनेपछी भारत सरकारले पुरै सुबिधा दिएर उपचारको प्रबन्ध पनि गर्थ्यो , त्यस समय राजा महेन्द्रको भारत सँगको सम्बन्ध चिसो थियो, भारतको लागी यो उपचार राजा महेन्द्रलाई फकाउने अवशर बन्थ्यो र भारतले यो अवशर छोड्ने थिएन ।

त्यो समय नेपालसंग पर्याप्त हेलिकप्टर र जहाज थिएन , स्काईभ्यान थियो , स्काईभ्यान बाट काठमाडौ ल्याउन कम्तिमा ४-५ घन्टा लाग्ने भयो । राजाका सचिव , सहयोगी , सैनिक अधिकारी र परिवारका अन्य सदस्यहरु सबैले रत्नको उपचार गर्न भारत लैजान सुझाए तर राजा महेन्द्रले भारत लैजान ठाडै अस्विकार गरे जबकी रत्नको पेटबाट रगत बगिरहेको थियो । उनले घन्टौ लगाएर काठमाडौ ल्याएर विर अस्पतालमा नेपाली डाक्टरहरु बाटै रानी रत्नको उपचार गराए।

युवराज दिपेन्द्र ८-१० वर्षको छँदै पेटको मेजर अपरेसन गर्न पर्ने भयो, राजाका सल्लाहकारहरुले उपचारको लागी विदेश लैजान सुझाए तर राजा विरेन्द्र र रानी एश्वर्यले सबैको सामु निर्णय सुनाए,”युवराज दिपेन्द्रको उपचार विर अस्पतालमा नेपाली डाक्टर बाटै हुन्छ।”

राजा विरेन्द्र र रानी एश्वर्यको निर्णय अनुसार युवराज दिपेन्द्रको पेटको जटिल अपरेसन नेपाली डाक्टरहरु बाटै विर अस्पतालमा गरियो।

केहि दिन अघि भारतको पूर्व विदेशमन्त्री तथा बिजेपी कि दिग्गज नेतृ शुषमा स्वराजको निधन भयो, उनको दुवै मृगौला फेल भएकोले दुबै मृगौला ट्रान्सप्लान्ट गरिएको थियो । विदेशमा मृगौलाको उपचार गर्न उनलाई सरकारले रकम छुट्यायो र उनका शुभचिन्तकहरुले उनलाई विदेशमा उपचार गर्न सुझाए तर शुषमाले भनिन,”म जनताले तिरेको करको दुरुपयोग गरेर १ रुपैयाँ पनि उपचारको लागी विदेशमा खर्च गर्दिन र उपचारको लागी सरकारबाट पैसा लिन्न, मेरो उपचार मेरै व्यक्तिगत खर्चमा , भारत भित्रै भारतिय डाक्टर बाटै हुन्छ।”

शुषमाकै निर्णय अनुसार उनको सम्पूर्ण उपचार भारतमै भयो । विदेश भ्रमणको क्रममा स्वास्थ्यमा जटिलता आएको क्षण पनि उनले भारत फर्केरै उपचार गरिन।

२०४६ सालको आन्दोलन पछि तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ निकै बदनाम थिए । हामिले उनलाई निरंकुश, सामन्त भन्यौं, उनलाई अछुत देख्यौं । प्रधानमन्त्री पदबाट बिस्थापित भएपछि उनि राजनितीबाट गुमनाम भए । उनले कुखुरा पालेर, काउलीको खेती गरेर जिबिकोपार्जन गरे। उनले आफ्नो १ तले घरलाई २ तले बनाउन सकेनन ।

प्रधानमन्त्री पदको कार्यकाल सिद्धिएपछी झलनाथ खनालले आफु विरामी भएको र अमेरिकामा उपचार गर्नुपर्ने भन्दै सरकार संग रकमको माग गरे, जस अनुसार सरकारले झलनाथको उपचारको लागी सम्पूर्ण खर्च अमेरिका स्थित नेपाली दूतावासले गर्ने गरि पत्र काट्यो तर झलनाथ खनालले नगद पैसा पाउनुपर्ने भन्दै अट्को थापे, सरकारले झलनाथलाई ७० लाख नगद भुक्तान गर्यो, तर झलनाथ अमेरिका गएनन, उनले आफ्नो सामान्य अपरेसन काठमाडौमै गरेर अमेरिकामा उपचार गरेको नक्कली बिल पेश गरेर ७० लाख पचाए । ओलिले अहिले सम्म उपचारमा मात्र १७ करोड भन्दा बढी स्वाहा पारेको देखिन्छ।

शुषमा स्वराज पनि नेता नै हुन केपि ओलि पनि नेता नै हुन, दुबै नेताहरुको मृगौला खराब भएको हो तर शुषमाले के गरे अनि ओलिले के गरे? भारत र नेपालको आर्थिक हैसियतको आँकलन पनि गरौं ! राष्ट्रबाद उखान टुक्का छाँटेर र एउटा देशको मोहरा बनेर अर्को देशको उछितो काढेर बलियो हुने होइन, राष्ट्रबादको सबलिकरण नागरिक प्रती असिम उत्तरदायीत्व र नागरिकको जीवनस्तर प्रती गहिरो संवेदनशीलताले उत्पन्न हुन्छ।

यो प्रसंग मैले किन निकाल्न पर्यो भने प्रचण्ड – ओलि – देउवाको आलोचना गर्ने क्रममा धेरैले आलोचना अलि अतिषयोक्ती र पूर्वाग्रहपूर्ण भयो भन्ने टिप्पणी मलाई गरे, कतिपय आफन्त र मित्रहरुले त दुश्मन नकमाउन सुझाए । विशेषत बामपंथी भनिने केहि प्राणिहरु त बाझ्नै आइपुगे। यसो प्रचण्ड – ओलिको आलोचना गर्यो कि सामन्तको मतियार, पूँजिवादी दलाल, विस्तारवादी र साम्राज्यवादिको दलाल रे …..!

बुद्धिहिन भरियाहरु हो ! राष्ट्रबाद भुकेर हुने होइन व्यवहारले हुन्छ, राजा महेन्द्रले रत्नराज्यको उपचारको क्रममा जुन जोखिम मोले त्यसबाट राष्ट्रबाद बलियो हुन्छ कि तिम्रा नेताहरु प्रचण्ड, ओलि, माकुने वा झलेको पाराले राष्ट्रबाद बलियो हुन्छ ? देशको ढुकुटी सिध्याएर, गरिब जनताको पसिना निचोरेर, उनिहरुले तिरेको कर माथी ब्रम्हलूट गरेर राष्ट्रबाद बलियो हुन्छ भन्ने कुरा मार्क्सवादमा उल्लेख छ कि माओवादमा उल्लेख छ ? राजा महेन्द्रले रत्नराज्यको उपचार भारतमा गरेको भए भारतले खुशी भएर सम्पूर्ण सुविधा सहित उपचार गर्थ्यो तर नैतिक रुपले राजा महेन्द्र तल पर्थे जसको असर नेपालले भारत संग गर्नपर्ने द्धिपक्षीय सन्धी वा सम्झौतामा पर्थ्यो त्यसैले महेन्द्रले रानिको मृत्युको जोखिम मोले तर भारत संग नैतिक रुपले तल पर्ने जोखिम मोलेनन ।

तिम्रा नेताहरु प्रचण्ड, ओलि, माकुने वा झलनाथ सामन्त कि मरिचमान सिंह सामन्त ? पूर्व प्रधानमन्त्रीको रुपमा तिम्रा नेताहरुको वृत्ती र मरिचमान सिंहको वृत्ती दाँजेर हेर शोषक र जनतामारा तिम्रा नेता हुन कि मरिचमान हुन ?
यहि हो क्रान्ती र परिवर्तन ? यसैको लागी हो सुखानिको जंगल, पिस्कर र छिन्ताङ्गको बलिदान?

आम सर्बसाधारणको हालत सरकारी अस्पतालमा समेत उपचार गर्न नसक्ने अवस्थाको छ, गरिबिले थिचिएर नेपाली युवतिहरु अफ्रीकाको नाईट क्लबमा नाङ्गै नाच्न बाध्य छन , दैनिक नेपाली युवाको लास भित्रन्छ तर नेताहरु उपचारको नाममा अर्बौ भागबन्डा गर्छन, नक्कलि रिपोर्ट र नक्क्ली बिल बनाएर एउटैले करोडौं कुम्ल्याउँछन तब यो चरम लूटको साक्षी बन्न कठिन हुन्छ र केहि लेखिन्छ तब त कथित प्रगतिशील छाउराहरु भुक्न थाल्छन ज्ञानेन्द्रको मतियार ! सामन्तको दलाल ! प्रतिक्रियावादी ! गणतन्त्र विरोधी ! गणतन्त्र माथिको गम्भिर षडयन्त्र रे ! हैन यिनले गुहु खान्छन कि अन्न ? लूटतन्त्रलाई मलजल गरेर गणतन्त्र बलियो हुन्छ भनेर सोंच्ने झोलेहरुलाई पागल भन्ने कि मूर्ख?

देशमा लुटको साम्राज्य चलिराछ त्यसैले लुटेराहरुको आलोचनामा केहि शब्द खर्चेथें, अलि अस्ति एउटा झोलेलाई लुटेराको आलोचना गरेको पाच्य भएनछ र गालिगलौज गर्न आईपुग्यो।

झोलेहरु माफ गर ! तिमिहरु प्रचन्डको गुहुलाई प्रसाद मानेर चाट वा महान सर्वहारा नेता मान मलाई आपत्ती छैन तर म प्रचण्डलाई सर्वहारा मान्न सक्दिन त म के गरुँ? प्रचन्ड सँग जम्मा ३ तोला सुन छ, बिचरा पिडित नेता हुन भनेर दश हात उफ्र तर म पत्याउँदिन त म के गरुँ? म उनलाई १ नम्बरको फटाहा देख्छु त म के गरुँ ? ओलिलाई जतिसुकै राष्ट्र्बादी मान वा ओलीको गुहुलाई हलुवा हो भनेर उफ्र तर आफ्नो बिरुद्ध फलाना ब्यक्तिलाई उम्मेदवार नबनाउन काँग्रेसलाई दबाब दिन भारतीय राजदूतावास धाउने ओलीलाई म राष्ट्रबादी मान्न सक्दिन त म के गरुँ? आरजुलाई ढोकामा राखेर राजदूत, प्रहरी अधिकृत, न्यायाधीशको पद करोड-करोडमा बिक्री गर्ने देउवालाई म विपिवादी- समाजवादी मान्न सक्दिन त म के गरुँ ?

फेरि कान खोलेर सुन झोले भतुवाहरु ! तिमीहरु नेताको गुहु खाउ वा मुत खाउ ! नेताको लागी मर वा मार्न हिँड ! नेताले छादेको खाउ वा नेतालाई भगवान मानेर पुज तिम्रो कुरा हो तर यो देशमा उपचार नपाएर मर्ने हजारौं नागरिक छन, पैसा नभएर अस्पतालको बेड बाट लखेटिने लाखौं नागरिक छन हातमुख जोर्न अफ्रीकाको नाईट क्लबमा नांगै नाच्न विवस हजारौं नेपाली युवतिहरु छन अरबको घरमा अरबिको यौनप्यास मेटाइदिने हजारौं युवतीहरु छन्  लाखौं युवाहरु खाडिको तातो घाममा बेल्चा हानिराछन र दैनिक युवाहरुको लास भित्रन्छ तर तिनै नागरिकहरुले तिरेको करबाट संकलित राजस्व माथि लुछाचुँडी गरेर ब्रम्हलूट मच्याउने यी नेताहरु प्रति मेरो मनमा १ रत्ती सम्मान छैन, रावणले बरु आफ्नो राज्य नै सुनै सुनको बनाएका थिए, पुष्पक विमान आफैं बनाएर बैज्ञानिकताको परिचय दिएका थिए, शिव तान्डव स्त्रोत्रम जस्ता गहन ग्रन्थ रचना गरेर विद्धताको परिचय दिएका थिए, यिनलाई म रावणको कोटिमा पनि राख्दिन, ती परे सतयुगका राक्षस यी परे कलियुगका राक्षस, यी मर्दा झोलेहरु यिनको लास संगै जलेर मर्छौ भने पनि भन्नु केहि छैन, कमिला मर्दा बरु मलाई श्रद्धा जाग्छ कमसेकम आफ्नो भारी आफैं बोक्छ, आफ्नो आहारा आफैं जुटाउँछ तर आफ्नो एउटा भुँडी भर्न तीन करोड नेपालीको पेटमा लात हान्ने यी परिजिवीहरु मर्दा मलाई कुनै श्रद्धा लाग्ने छैन किनकी यी श्रद्धाका पात्र नै होइनन, यिनले मान्छेको अनुहार त पाए तर यी मान्छे होइनन्, मान्छे बाँच्न अर्कालाई मार्न पर्दैन, अर्काको पेटमा लात हान्न पर्दैन अनेक खुराफात गर्न पर्दैन । पद र पैसाको लागी यिनले मदरमुनको मुत पिए झोलेहरुले यिनको मुत पिए हुन्छ।

अनि सुन झोलेहरु ! लोकतन्त्र , समाजवाद, साम्यवाद , स्वतन्त्रता , राष्ट्रबाद, परिवर्तन र अग्रगमनको अर्ति मसँग नछाँट तिम्रा लुटेरा नेताहरुलाई सुनाउ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM