Tuesday, November 26, 2024
घरविचारधर्म संस्कृतिसुत्ने समयमा भुलेर पनि आफ्नो नजिक नराख्नुस् यी पाँच चीज

सुत्ने समयमा भुलेर पनि आफ्नो नजिक नराख्नुस् यी पाँच चीज

बास्तु शास्त्रले रातमा निन्द्रा नपर्नुको कारण उल्लेख गरेको छ । उक्त शास्त्रको अनुसार हामीले गर्ने केहि गल्तीका कारण हामीलाई राम्रोसँग निन्द्रा नलाग्नुका साथै अन्य नकारात्मक असर गर्छ ।

जुत्ता–चप्पल:
सुत्ने समयमा सधैँ आफ्ना जुत्ता–चप्पल कोठाभन्दा बाहिर राख्नुपर्छ । यदि जुत्ता वा चप्पल आफ्नो विस्तारा नजिकै छ भने तपाईंमा नकारात्मक उर्जा पैदा गर्छ ।

पानीको जग:
सिरानी नजिकै पानीको जग राख्दा मानसिक रोगको शिकार हुने बास्तु शास्त्रमा उल्लेख गरिएको छ । पानीको भाँडा सिरानीमा राख्दा चन्द्रमा प्रभावित हुने र स्वभावमा परिवर्तन गरेर रिसाहा प्रवृतिको हुने बताइन्छ ।

तेल:
सुत्ने समयमा कुनै पनि प्रकारको तेल आफ्नो साथमा राख्नुहुँदैन । यसो गर्दा जीवनमा अनेक समस्या र उल्झनहरु आइपर्छन् ।

ऐना
पति–पत्नीको बिस्तारा नजिकै ऐना राख्नुहुँदैन । यसले शारीरिक रोग पैदा गर्छ । साथै, पति–पत्नीबीच अनावश्यक मनमुटाव हुन्छ । नवविवाहित जोडीले कहिल्यै पनि आफ्नो कोठामा ऐना राख्नुहुँदैन ।

मोबाइल/ल्यापटप
मोबाइल र ल्यापटप सुत्नुअघि नै आफूभन्दा केहि पर राख्नुपर्ने बताइन्छ । बास्तु शास्त्रले पनि मोबाइल र ल्यापटपले राहु दोष पैदा गर्ने र यसले मानिसमा असर गर्ने बताउँछ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -