काठमाडौं । आम जनता पार्टी (आजपा)ले मन्त्रिपरिषद बैठकबाट बिभिन्न देशका लागि गरिएको राजदुत नियुक्तिको सिफारिस संविधानको मुलमर्म र भावना विपरित असमावेशी भएको भन्दै त्यसलाई सच्याउँन माग गरेको छ ।
आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले कुटनीतिक मर्यादाको धज्जी उडाउँदै संविधानको मुलमर्म र भावना विपरित असमावेशी रुपमा मन्त्रिपरिषदले राजदुत सिफारिस गरेको आरोप लगाए ।
बिषयगत विज्ञता र क्षमताभन्दा पनि नेताहरुहरुले आफ्नो नाता कुटुम्ब र आसेपासेलाई भर्ती केन्द्रको रुपमा गरिएको राजदुत सिफारिस प्रति असन्तुष्टि जनाउँदे आजपाले भर्तस्ना एवं विरोध गरेको छ ।
‘साउन १४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट भारत सहित विभिन्न १९ देशका लागि गरिएको राजदूत सिफारिसमा कुटनीतिक मर्यादाको धज्जी उडाउदै नेपालको संविधानको मुलमर्म र भावना विपरीत असमावेशी तथा कूटनीतिक क्षेत्रको अनुभव, विषयगत विज्ञता र क्षमताभन्दा पनि नेताज्यूहरुले आफ्नो नाता कुटुम्ब र आसेपासेलाई भर्ती गरेको निन्दनीय, दुःखद एवं आपत्तिजनक घटनाको घोर भर्तस्ना एवं विरोध गर्दै यस निर्णयलाई यथाशीघ्र संविधानको सम्मान तथा देश र जनताको सर्वोपरि हित अनुकूल हुनेगरी सच्याउनको लागि नेपाल सरकारसँग जोडदार माग गर्दछु’ आजपा प्रवक्ता साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।