Thursday, November 28, 2024
घरसमाचारअर्थवाणीओली सरकारको पहिलो उपहार, बढ्यो पेट्रोलियम ईंधनको मूल्य

ओली सरकारको पहिलो उपहार, बढ्यो पेट्रोलियम ईंधनको मूल्य

काठमाण्डौ/नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।

निगमले भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जानकारी दिएको छ ।

प्रधानमन्त्री पदमा केपी ओलीले सपथ लिएकै दिन पेट्रोलियम ईंधनको मूल्यबृद्धि हुनुलाई अर्थपूर्ण लिइएको छ।

 

हेर्नुहोस् मूल्यसूचि

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -