२०८२ आश्विन २६ गते, आईतवार ११:०८

“देशलाई जिबी राईको लोकेसन होइन जिबी चाहिएको हो”- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौं / प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगीको आरोप लागेका गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राईलाई भगाउन गृहमन्त्री नै लागिपरेको आरोप लागएका छन्।

आइतबार संसदको आकस्मिक समयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले लोकेसन पत्ता लागिसक्यो भनेर गृहमन्त्री लामिछानेले भगाउन भूमिका खेलेको दाबी गरेका हुन्।

लामिछानेले केही दिनअघि राईको लोकेसन पत्ता लागिसकेकाले केही दिनभित्रै पक्राउ पर्ने बताएका थिए। आफ्नै पूर्वसहकर्मीलाई पक्राउ नगर्न गृहमन्त्री लागेको शर्माको दाबी छ।

उनले संसदमा भने, ‘गोरखा मिडिया नेटवर्कको एक जना मालिक गृहमन्त्री हुनुहुन्छ, अर्का मालिक पक्राउ गर्नुपर्नेमा पर्नुभएको छ। गृहमन्त्रीजीले लोकेसन पत्ता लागिसक्यो भन्नु भएको हो? जिबीलाई भगाउन हो पत्ता लागिसक्यो भनेर माइकबाट फुकेको?’

हाल जिबी राई मलेसियामा लुकेर बसिरहेको दावी गरिएको छ । शर्माले देशलाई जिबी बसेको लोकेसन नभइ जिबी चाहिएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

‘देशलाई जिबीको लोकेसन चाहिएको होइन, जिवी चाहिएको हो। लोकेसन पत्ता लागेको चार दिन पुग्दा पनि पक्राउ किन गरिएन?,’ शर्माले संसदमा प्रश्न अगाडि गरे, ‘विपक्षमा हुँदा सरकारले पक्राउ गर्न चाहेन भन्नुभएको थियो। सरकारले चाह्यो भने लिखित सम्झौता नै चाहिँदैन, अनौपचारिक सम्बन्ध राखेर ल्याउन सकिन्छ। मलेसियासँग औपचारिक श्रम सम्झौता नभए पनि चार लाख नेपालीले काम गरिरहेका छन् ।’

शर्माले भने ‘मलेसियाको सुपुर्दगी सम्बन्धी ऐनको १२- १ को मागपत्रसम्बन्धी व्यवस्थामा  कुनै फरार अभियुक्त मलेसियामा रहेको शंका लागेमा सम्बन्धित देशको कुटनितिक प्रतिनिधिले सुपिर्दगी माग गर्न सक्नेछ । १२-१ को A ले भन्छ – त्यस्तो माग गर्दा उसले अपराध गरेको पुष्टि हुने प्रमाणसहित जारी गरिएको पक्राउ पुर्जी या सजाय गरिएको आधिकारिक स्टेटमेन्ट संलग्न गर्नुपर्नेछ तब १३-१ को B ले भन्छ- त्यस्तो सुपुर्दगी पत्र प्राप्त भएमा सरकारले त्यस्तो अभियुक्त पक्राउ गर्ने प्रक्रिया शुरु गर्छ ।’

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM