२०८३ बैशाख ६ गते, आईतवार १६:५२

मन्त्रीपरिषद बैठक – आठ देशका लागि राजदुत सिफारिस

काठमाडौं / शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ देशक लागि राजदुत सिफारिस गरेको छ । सरकारले राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिस गरेको हो।

बैठकको निर्णयबाट सरकारले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ। रेग्मी यसअघि बेलायतका राजदूत पनि बनेका थिए।

त्यस्तै अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, बेलायतका लागि डा विजन पन्त, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई सिफारिस गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM