२०८३ बैशाख ७ गते, सोमबार १७:१६

वाणिज्य कार्यालयद्वारा अनुगमन र निगरानी बढ्यो ! नारायणी धूप उद्योगले तिर्यो ५० हजार जरिवाना

राकेश चौरसिया/
वीरगंज, २८ चैत्र/

वीरगंज स्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले बजार अनुगमनमा तीब्रता ल्याएपछि काला बजारिया र उपभोक्तालाई ठगी गर्ने मुनाफाखोर व्यापारीहरूको निद्रा हराएको छ ।

कार्यालय प्रमुख ओम नारायण शर्माको सक्रियताले पछिल्लो समय विभिन्न उद्योग तथा प्रतिष्ठानहरुमा अनुगमन गर्ने क्रममा नारायणी धूप (अगरबत्ती) उद्योगले उत्पादित धूप (अगरबत्ति)को प्याकेटमा मूल्य, उत्पादन मिति, समाप्ति मिति, ब्याच नम्बर नराखि उत्पादन एवम विक्री वितरण गरेको भेटिंदा सो कम्पनीमाथि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल ५० हजार रूपियाँ जरिवाना गरिएको छ ।

यस क्षेत्रका अन्य विभिन्न उद्योग प्रतिष्ठानमा उपभोक्ता हित विपरितका सामान उत्पादन र बिक्री वितरण भैरहेको सूचना आएकोले हामीले विभिन्न माध्यमबाट, अनुसंधान, निगरानी गरि दोषी भेटीएमा कारवाही प्रक्रिया अगाडी बढाउने कार्यालय प्रमुख शर्माले बताउनु भयो ।

केहि अघि मात्र किसान एग्रोमा छापामारी गरि संचालक श्याम तुल्स्यानलाई पक्राउ गरिएको थियो भने सो उद्योगमा शिलबन्दी गरि कारवाही प्रकृया अगाडी बढाइएको प्रमुख शर्माले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM