२०८३ बैशाख ८ गते, मंगलवार २०:४७

राजधानीमा आजदेखि मेलम्चीको पानी बन्द हुने

काठमाडौं / काठमाडौं उपत्यकामा मेलम्चीको पानी नआउने भएको छ। वर्षा शुरु भएसँगै मेलम्ची खोलामा पानीको बहाव बढेकाले आयोजनामा क्षति पुग्न सक्ने जोखिमलाई ख्याल गरेर सुरुङको मूलद्वार बन्द हुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

काठमाडौंमा दैनिक झण्डै २० करोड लिटर मेलम्चीको पानी वितरण भइरहेकोमा अब रोकिने भएको छ। गत वर्ष पनि असार ७ गतेदेखि नै पानी रोकिएको थियो भने माघ १ गतेदेखि पुन: काठमाडौंमा पानी ल्याइएको थियो ।

मेलम्चीको पानी उपलब्ध नहुने अवधिभर बागमती सुधार आयोजना अन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर वितरण गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM