२०८३ असार १६ गते, मंगलवार ०७:४७

चिकित्सककै कारण स्थानीय बिरामी अन्यत्र पलायन

चन्द्रसूर्य समाचारदाता÷
वीरगंज, २७ चैत्र÷पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्रभित्र विभिन्न नामले संचालनमा रहेका एक्सरे तथा ल्याबमा बिरामीलाई पाएक परेको एक्सरे तथा ल्याबमा चेकजा“च गराउन मेडिकल कलेज, अस्पताल र क्लिनिकमा कार्यरत चिकित्सकले दिन किन मान्दैन्न् ? भन्ने प्रश्न सर्वत्र उठन थालेको छ ।
वीरगंजमा रहेका विभिन्न क्लिनिक तथा निजी अस्पतालका चिकित्सकहरू आपूmले पाएक परेको एक्सरे तथा ल्याबमा नै बिरामीहरूलाई चेकजा“च गर्न पठाउनाले अन्य एक्सरे तथा ल्याब संचालकहरुले संचालनमा ल्याएको एक्सरे तथा ल्याबको परीक्षणमाथि नै विरामी र उनका अभिभावकहरुमा एकातिर आशंका उब्जेको हुन्छ ।
अर्कोतिर केही महिना पश्चात उक्त विरामीे अन्य रोगबाट ग्रसित भई अन्य चिकित्सक कहा“ औषधि उपचार गराउनु अघि अन्यत्र ल्याब, डाइग्नोस्टिक सेन्टर तथा एक्सरेबाट आएको रिपोर्ट लिएर जाने विरामीहरूलाई पुनः सोही परीक्षण गर्न लगाउने गरेका छन् । विरामी भएकै समयमा अन्यत्रबाट लगिएको विभिन्न परीक्षण रिपोर्ट हेर्न नमान्ने र पुनः एक्सरे तथा ल्याबको परीक्षण गर्न पठाएको देखेर बिरामी र उनको अभिभावकलाई सही उपचार हुने हो कि होईन भनि द्विविधामा पर्ने गरेका छन् ।
डाक्टरले भनेकै ल्याबबाट परीक्षण नगराउ“दा डाक्टरले अन्यत्रको रिपोर्ट नहेर्ने हु“दा विरामी तथा विरामीका अभिभावकलाई सास्ती हुने गरेको छ ।
वीरगंजका निजि अस्पताल तथा क्लिनिकहरूमा डाक्टरहरूबाट हुने यस्ता व्यवहारका कारण विरामीहरू उपचारकालागि वीरगंज बाहिर जान बाध्य हुने गरेको बताइन्छ ।
वीरगंजमा उपचार गर्न आउन प्रायः जसो बारा, रौतहट, सर्लाही र महोतरी जिल्लाका बिरामीहरु स्थानीय अस्पतालमा भेटिने गरिन्छन् । भने पर्सा जिल्लाको गरीब निमुखा अभिभावकको बिरामीहरु स्थानिय अस्पतालमा देखिन पाईन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM