Friday, November 29, 2024
घरक्राइम चेककाम गर्ने भन्सार, जस लिने सशस्त्र प्रहरी

काम गर्ने भन्सार, जस लिने सशस्त्र प्रहरी

जनकपुरधाम । ‘काम गर्ने कालु मकै खाने…’ भन्ने उखान सशस्त्र प्रहरी बल ७ नम्बर गण धनुषाले प्रमाणित गरेको छ । सोमबार राति भन्सार कार्यालय जनकपुरधामको टोलीले कल्याणी मार्ट अगाडिबाट ५५ लाख ५० हजार बराबरको काजु र किसमिस लगायतका ड्राइफुड बरामद गर्यो ।

भन्सारको टोलीले २ हजार १ सय १० किलो काजु र ५४० किलो किसमिस बोकेको मधेश प्रदेश०४–००१ ख ०१७१ नम्बरको ट्रक बरामद गरेको समाचार अनलाइन नेपालले सोमबार राति नै प्रकाशित गर्यो ।सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सेटिङमा भित्रिएको काजु जनकपुर बजारमा भन्सारले बरामद गरेको समाचार अनलाइन नेपालले ब्रेक गरेको थियो । भन्सारले सामान बरामद गरेपछि सेटिङमा तस्करीको लाइन दिएका एसपी दर्शन गिरीले मंगलबार सशस्त्रको टोलीले बरामद गरेको समाचार विभिन्न मिडियामा प्रवाह गर्न लगाए ।भन्सारले सामान बरामद गरी प्रतिवेदन बुझाइसकेको अवस्थामा सशस्त्रले जस लिन खोज्दा विवाद सतहमा आएको छ ।भन्सार कार्यालय जनकपुरका प्रमुख भन्सार अधिकृत राजेन्द्र बस्नेतले अनलाइन नेपालसँग भने–काजु र किसमिस भन्सारको टोलीले सोमबार राति नै बरामद गरेको हो । बरामद गरिसकेपछि प्रहरीको सहयोगमा ट्रक भन्सारमा ल्याइएको हो ।

सशस्त्रले बरामद गरेको दाबी गरिरहेको छ नि त भन्ने प्रश्नमा बस्नेतले भने–‘सशस्त्रले बरामद गरेको भए प्रतिवेदन मागेर हेर्नुस् । सोमबार राति भन्सारले बरामद गर्यो, तर मंगलबार दिउँसो एकाएक सशस्त्र प्रहरीले मिडिया लगेर फोटो खिचाएर आफूले बरामद गरेको भनी जस लिन खोजेको देख्दा आश्चर्य लागेको छ ।’सशस्त्र प्रहरी गण नम्बर ७ धनुषा प्रमुख एसपी दर्शन गिरीले भने भन्सारको सहयोगमा बरामद गरिएको प्रतिक्रिया दिएका छन् । भन्सारले बरामद गरेको काजु सशस्त्रकै टोलीले बरामद गरेको जस्तै गरी मिडियाबाजी गरिएकोबारेमा एसपी गिरीले भने–भन्सार र सशस्त्र प्रहरी दुबैले मिलेर बरामद गरिएको हो ।उहाँहरुकै सहयोगको लागि सशस्त्रको टोली पठाइएको हो । सशस्त्रले बरामद गरेको भए प्रतिवेदन दिन सक्नुहुन्छ भन्ने भन्ने प्रश्नमा उनले दिन्छु भने । तर प्रतिक्रिया लिएको २ घन्टासम्म अनलाइन नेपालललाई काजु बुझाएको प्रतिवेदन उपलब्ध गराउन सकेका छैनन् ।

सीमानाकादेखि राजमार्गमा हुने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका चौकीदेखि बीओपी पार गरी तस्करीको काजु भित्रिएको थियो । सशस्त्र प्रहरीकै सेटिङमा तस्करी हुने गरेको त सीमाबाट बजारमा आएको काजु बरामदले पुष्टि गरेको छ ।भन्सारले काजु बरामद गरेको बिषयमा सशस्त्रले जस लिन खोेजेको सूचना सशस्त्र मुख्यालयसम्म पुगेपछि एसपी गिरीले बालुवाटारमार्फत भन्सार प्रमुख बस्नेतलाई फोन गरी सशस्त्रले बुझाएको प्रतिवेदन बनाउन दबाब दिइरहेको स्रोतको भनाइ छ ।

बरामद ट्रक र काजु किसमिस बरामद गरी जनकपुर भन्सार कार्यालयले मुद्दा चलाइसकेको छ । जनकपुरबाट सबै भारतीय सीमा नाका कम्तीमा १) किलोमिटर टाढा पर्दछन् ।सिमानाकाबाट तस्करीको भन्साररछली गरी जनकपुरसम्म सामान निर्बाध आउने गरेको सोमबार भन्सार कार्यालयको टोलीले बरामद गरेको काजु किसमिसले पनि पुष्टि गरेको छ ।

धनुषाका सबै नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका सीमाका चौकी र बीओपीको सेटिङमै भन्सारछली तस्करी हुँदै आएको छ । भन्सार कार्यालयले काजु बरामद गरेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि प्रश्न खडा भएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाको प्रमुखमा नेपाल प्रहरीका एसपी भुवनेश्वर तिवारी छन् भने सशस्त्र प्रहरी बल गण नम्बर ७ का प्रमुख एसपी दर्शन गिरी छन् । गिरी त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिधै पहुँच देखाएर धनुषामा सरुवा भएका हुन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -