२०८३ जेष्ठ २ गते, शनिबार २०:४८

लम्बोदर न्यौपानलेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना

काठमाडौँ/नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद २५ करोड जरिवाना भएको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका न्यौपानेलाई विशेष अदालतले आइतबार सजाय निर्धारण गरेको हो।

गत चैत २६ गते दोषी ठहर भएका न्यौपानलेलाई आइतबार विशेषका न्यायाधीशहरु टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले सजाय निर्धारण गरेको हो। अख्तियारले उनीविरुद्ध १२ करोड ८४ लाख ८७ हजार ९५५ रुपैयाँ बिगो कायम गर्दै २०७८ माघमा मुद्दा दायर गरेको थियो।

बिगोको दोब्बर २५ करोड ६९ लाख ७५ हना। ९११ रुपैयाँ जरिवाना गरिएको विशेषका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

आयोगले तत्कालीन अध्यक्ष न्यौपानेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकोको थियो। तर, अदालतले न्यौपानेलाई दोषी ठहर गर्दै अन्य आठ जनालाई सफाइ दिएको थियो।

सफाइ पाउनेमा लवराज भट्टराई, रामरत्न उपाध्याय, हरिप्रसाद पाण्डे, इल्या दीक्षित भट्टराई, प्रेमाकुमारी केसी, उषा न्यौपाने, इन्दिरा उपाध्याय र उपेन्द्र गौतम रहेका छन्।

उनीहरु पनि कलेज सञ्चालक हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM