२०८२ माघ २८ गते, बुधबार १४:२३

पोखरामा राप्रपा नेतासँग एमाले अध्यक्ष ओलीको भेट




लेखनाथ (कास्की) । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग भेटघाट एवं छलफल गर्नुभएको छ ।

नेकपा एमालेको ११औँ कास्की जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ  समारोहलाई सम्बोधन गर्न यहाँ आउनुभएका अध्यक्ष ओलीले राप्रपाका गण्डकी प्रदेशका संसदीय दलका नेता पञ्चराम गुरुङसँग भेट गर्नुभएको हो ।

भेटमा अध्यक्ष ओलीले नयाँ सरकार गठनका लागि नेकपा एमाले, माओवादीसहितको गठबन्धनलाई सहयोग गर्न आग्रह गर्नुभएको राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता गुरुङले जानकारी दिनुभयो ।

चैत २१ गते राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले एमाले–माओवादीको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेसँगै गण्डकी प्रदेशमा सरकार गठनको विषय अन्योल बनेको छ । 

राप्रपाले सत्ता गठबन्धन बाहिरको दललाई समर्थन गर्नसक्ने सङ्केत गरेसँगै एमाले–माओवादी गठबन्धन सो पार्टीलाई आफ्ना पक्षमा ल्याउन क्रियाशील बनिरहेका अवस्थामा अध्यक्ष ओलीले राप्रपा नेतालाई भेटेर सरकार गठनका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो ।

अध्यक्ष ओलीले गण्डकी प्रदेशको समसामयिक राजनीति सम्बन्धमा छलफल गर्नुभएको राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता गुरुङले बताउनुभयो । सरकार गठनमा सहयोगका सम्बन्धमा राप्रपाको केन्द्रीय समितिसँग सहकार्य गरेर आएमा आफूहरू सहयोगका लागि तयार रहने गुरुङले बताउनुभयो । पार्टीको निर्देशन बाहिर जान नसकिने कुरा अध्यक्ष ओलीसँग स्पष्ट रुपमा जानकारी गराइएको उहाँले जानकारी दिनुभयो ।  

साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई सदस्य छन् भने स्वतन्त्र एक प्रदेशसभा सदस्य रहेका छन् । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM