१८ वर्षीया युवतीले इस्लाम धर्म छाडेर देशबाट भाग्ने कोसिस गरिन्। यसैले गर्दा अहिले उसको ज्यान खतरामा छ। १८ वर्षीया रहफ मोहम्मद अल कुनूनले साउदी अरबमा आफ्नो परिवार छाडेर अस्ट्रेलिया जाने कोसिस गरेकी थिइन्। तर उनी अहिले साउदीमा नपुगी बैँककमा फसेकी छिन् ।
थाइल्यान्डमा साउदी अधिकारीहरुले उनको पासपोर्ट जफत गरिदिएका छन्। त्यसपछि आफ्नो ज्यानमा जोखिम भएको भन्दै युवतीले आफैँलाई होटलमा बन्द गरिन्। रहफले इस्लाम छाड्ने घोषणा गरेकी थिइन्। यसैले गर्दा उसको परिवारका सदस्यले मार्ने हुन् कि भन्ने उसलाई डर छ।
मिडिया रिपोर्टका आधारमा आफ्नै बाबुले पुरुष अभिभावकबिना यात्रा गरिरहेको भन्ने सूचना साउदी अधिकारीहरुलाई दिएको रहफले ट्विटरमा बताएकी छिन्।
बैंककको होटलमा ढोका बन्द गर्न टेबल र डस्नाको प्रयोग गरिरहेको उनको भिडियो पनि सार्वजनिक भएको छ। साउदी राजदूतावासका कर्मचारीले उनका पिताले छोरीलाई फिर्ता ल्याउने अनुरोध गरेको गरेको दावी गरेका छन्।
मानवअधिकारसँग सम्बन्धित एक वकिलले थाइल्यान्डको अदालतमा निवेदन दायर गरेका थिए। त र अदालतले त्यसलाई खारेज गरिदियो। युवतीले आफ्नो ज्यानमा खतरा छ भनेपछि अधिकारकर्मीहरु युवतीको पक्षमा आवाज उठाइरहेका छन्। उनलाई देश फिर्ता पठाउन रोक्ने माग अधिकारकर्मीको छ।
स्रोत : आजतक