वीरगंज / कल बाईपास तथा अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जना चिनियाँ नागरिक सहित चारजनालाई नियन्त्रणमा लिएको छ।
वीरगंज महानगरपालिका -१५स्थित नन्दू पटेलको दुई तल्ले घर भाड़ामा लिई अनलाइनको माध्यमबाट ठगी एवं कल बाईपास गर्ने काम भैरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छापामारी गरेर सो स्थानबाट दुई चिनियाँ नागरिकलाई नियंत्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताउनु भयो।
छापामारीको क्रममा सो स्थानबाट करीब ८० थान भन्दा बढ़ी कम्प्यूटर/लैपटॉप, लगभग १५० जति मोबाइल, नगद, लगायतका उपकरण र टेबल, कुर्सी समेत बरामद गरिएको बताईएको छ।
घटनास्थलबाट दुई जना चिनियाँ नागरिक र नगवाबाट दुई ना गरी चार जना पक्राउ गरिएको र अन्यरको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनु भयो।
हेर्नुहोस् भिडियो