धिरेन्द्र तिवारी/
वीरगंज/ वीरगंज महानगरपालिका वडा नम्बर ८ मा वडा दादुरा रुबेला विरुद्धको खोप अभियान संचालन गरिने भएको छ।
गहवा वडा कार्यालय स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा वडाध्यक्ष रितेश कुमार गुप्ताले एक समारोहबीच सो अभियान संचालन बारे जानकारी गराउनु भएको हो।
सामाजिक अभियन्ता छविलाल उप्रेती, ठाकुर राम बहुमुखी क्याम्पका अध्यापक कन्हैया झा, वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखाका रामबाबु यादव, वडा नम्बर ८ का वडा सदस्य गफार हवारी, सीमा महरा, पुष्पा साह, मुनि कुमारी, पिंकी ठाकुर, स्वास्थ्य स्वयंसेविका गुड़िया साह र नम्रता उप्रेतीलगायतको उपस्थिति र सहभागितामा अभियान संचालन बारे बताइएको हो।
जन्मेको नौ महिना देखि १५ वर्ष भित्रका बालबालिकालाई दिईने दादुरा रुबेला खोप अभियान फागुन २७ गतेदेखि चैत्र ४ गतिसम्म संचालन गरिने बताइएको छ।
विद्यालयमा अध्ययनरत बाल कक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरूले समेत लिन सक्ने स्वास्थ्य स्वयंसेविकाले बताउनु भयो।
बायाँ हातको ४५°कोणमा ०.५ एमएम लगाइने यो खोपको कुनै नराम्रो प्रभाव नपर्ने, निःशुल्क पाइने, आफ्नै वडा स्थित खोप केन्द्र, विद्यालयहरूमैं गएर दिइने हुँदा आआफ्ना नानीबाबुलाई खोप लगाउन सबैमा वडाध्यक्ष गुप्ताले अनुरोध गर्नु भयो।
हेर्नुहोस् भिडियो