काठमाडौं/जिल्ला अदालत काठमाडौंले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा पक्राउ परेका पूर्वसीईओसहित ११ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा पक्राउ गरिएकाहरू गौतम र उनीअघि सेन्चुरीकै सीईओ मनोज न्यौपानेसहित ११ जनालाई अदालतले ५ दिन हिरासतमा राख्ने अनुमति दिएको हो । तत्कालीन सेञ्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई सवा २ अर्ब रुपैयाँ ऋण लगानी गरेको प्रकरणमा उनीहरू समातिएका हुन् ।