२०८३ बैशाख ३१ गते, बिहीबार १०:४६

ब्राउन सुगरसहित दुई जना पक्राउ

जनकपुरधाम। लागू औषध ब्राउन सुगरसहित सिराहाबाट दुई जना पक्राउ परेका छन् । प्रहरीले बुधवार राति करिब ९ बजेको समयमा ४ ग्राम ब्राउनसुगर र डिजिटल तराजुसहित लहान नगरपालिका १ लोकतन्त्र चोकबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लहान नगरपालिका ११ बस्ने ३२ वर्षीय सञ्जय चौधरी र २० वर्षीय अभिशेष चौधरी रहेको सिराहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

शङ्का लागेर चेकजाँच गर्दा दुबैजनाको साथबाट ब्राउन सुगर र डिजिटल तराजुसहित इलाका प्रहरी लहानको टोलीले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै दुबैजनामाथि सिराहा जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई इलाका प्रहरी लहानको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM