२०८३ बैशाख ८ गते, मंगलवार ००:४२

दाङबाट सशस्त्र प्रहरीको टोली उद्धारकालागि पश्चिम रुकुम प्रस्थान

दाङ/पश्चिम रुकुममा गए राति गएको शक्तिशाली भूकम्पमा परी घाइते भएकाहरूको उद्धार तथा उपचारका लागि दाङबाट सशस्त्र प्रहरीकाे एक टाेली पश्चिम रुकुमका लागि प्रस्थान गरेकाे छ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार सशस्त्र प्रहरीका १७ जनाकाे उद्धार टाेली त्यसतर्फ पठाइएको छ।

जिल्लाबाट टाेलीले उद्धारका लागि आवश्यक पर्ने उद्धार सामग्री ,औषधी लगेकाे छ।

कर्णाली प्रदेश सरकारकाे समन्वयमा उद्धार पठाइएको हाे।

यस्तै, लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीकाे टाेली पठाउँदैछ। अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार आजै स्वास्थ्य सामग्रीसहित चिकित्सक र स्वास्थ्यकर्मीकाे टाेली पठाउन थालिएकाे जानकारी दिए।

दाङमा भने अहिलेसम्म भूकम्पबाट कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM