२०८२ कार्तिक २७ गते, बिहीबार १३:३५

कमजोर कमाण्डका कारण सर्लाही र बाँकेका एसपी तानिए

काठमाडौं । कमजोर कमाण्डका कारण शान्ति सुरक्षा खस्किएपछि प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका एसपीलाई हटाएको छ । बाँकेका एसपी सन्तोषसिंह राठौर तथा सर्लाहीका नरेशराज सुवेदीलाई प्रहरी प्रधान कार्यालयले बिहीबार हटाएको हो ।

बाँकेमा सुवासचन्द्र बोहरा र सर्लाहीमा प्रवीण धिताललाई पठाइएको छ ।

बिहीबार नै गृह मन्त्रालले बाँकेका सिडिओ विपिन आचार्य र सर्लाहीका इन्द्रदेव यादबको सरुवा गरेको थियो । ती दुई जिल्लामा हालै हिन्दु–मुस्लिम टकराव बढेर शान्ति सुरक्षा बिग्रिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM