२०८३ बैशाख ३० गते, बुधबार ०२:०८

श्रममन्त्रीको सचिवालयका आलम अपहरणको आरोपमा पक्राउ

जनकपुरधाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको सचिवालयमा कार्यरत चालक मुस्तकिम आलम अपहरण, शरीर बन्धक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेका छन् ।

सप्तरी प्रहरीले महादेवा गाउँपालिका–१ स्थायी घर भई हाल राजविराज नगरपालिका–३ मा बसोबास गर्दै आएका आलमलाई सोमबार राजविराजबाट पक्राउ गरेको हो । उनी मन्त्री यादवको सचिवालयमा हलुका सवारी चालकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

पीडितले दिएको जाहेरीअनुसार आलमसहित केही व्यक्तिले उनलाई जबर्जस्ती अपहरण गरी एकान्त स्थानमा लगेका थिए । त्यहाँ शरीर बन्धक बनाएर निर्घात कुटपिट गर्नुका साथै नग्न अवस्थामा भिडियोसमेत खिचिएको आरोप लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको बताएका छन् । प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको छ ।

प्रहरीले आलमविरुद्ध अपहरण, शरीर बन्धक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । सप्तरी जिल्ला अदालतबाट उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM