काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिकाको निलम्बित मेयर गोपाल राय यादव भष्ट्राचारमा दोषी ठहर भएपछि उनलाई बिशेष अदालतले ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना गरिने फैशला सुनाएको छ । विशेष अदालतले कसूर ठहर्याएपछि बुधबार सजाय सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जना जनप्रतिनिधिसहित २१ जनालाई प्रतिवादी बनाएको भएपनि यादव मात्र दोषी ठहर भएका थिए । उनीहरुविरुद्ध २०७९ सालमा विशेष अदालतमा मुद्दा दायर भएको थियो लाल बकैया नदीको उत्खनन सम्बन्धी ठेक्का रद्ध गरेर नगरपालिकालाई हानी नोक्सानी पुर्याएको आरोप यादवविरुद्ध लागेको थियो ।
मेयर यादव २०७४ सालको स्थानीय तहमा नेपालि कांग्रेसको तर्फ बाट मेयर पदमा निर्वाचित भएको थियो । यादव २०७९ सालको स्थानीय तहमा पनि नेपालि कांग्रेस को तर्फ बाट पुनः मेयर पदमा निर्वाचित भएका थिए । निर्वाचित भए लगतै मेयर यादव लगाएत २० जना माथि अख्तियारमा मुदा दर्ता भएको थियो भने यादवलाई अदालतले निलंबन गरेको थियो।