वीरगंज/ वीरगंजस्थित प्रभु हस्पिटलले आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारेर वीरगंज स्थित कारागारमा रक्तदान कार्यक्रम एवं महिला कैदीबन्दीहरूको निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरिएको छ।
डेङ्गी रोगको संक्रमण बढ्दै गएको अवस्थामा वीरगंज स्थित रक्त संचार केन्द्रमा देखिएको रगतको अभावलाई परिपूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको अस्पतालका प्रमुख डा. मनोज गुप्ताले बताउनु भयो।
जेलका कैदीबन्दीहरू, सशस्त्र प्रहरीहरूलगायत १६३ जनाले रक्तदान गर्नु भएको तथा ६६ जना महिला कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको सो अवसरमा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, वीरगंज कारागार प्रमुख फणीन्द्र दाहाल, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य, डा. लक्ष्मी थापा, डा. मनोज गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा, पत्रकार शंकार आचार्य, कार्यक्रम संयोजक दिलिप राज कार्की, रक्तसंचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेलगायतको उपस्थिति रहेको थियो।
तराई हस्पिटलका स्वास्थ्यकर्मी/चिकित्सकहरूद्वारा कारागारका महिला कैदी बन्दीहरूको स्वास्थ्य परीक्षणपछि भिटामिन तथा आइरन चक्की लगायतका औषधिहरू समेत वितरण गरिएको दिलिप राज कार्कीले बताउनु भयो।